जनता घरदैलोमा काँग्रेस

कालिकोट /नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच गाउँ नगरदेखि केन्द्रसम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ । 

कालिकोट जिल्लामा पनि यति बेला काँग्रेस महाधिवेशनको चर्चा चुलिएको छ ।कालिकोट जिल्लामा नेपाली काँग्रेस नेतृत्व कस्तो आउँछ भन्नेमा छलफल चोकचोकमा ,पसलपसलमा हुन थालेको हो । आज जिल्लाको नरहरिनाथ गाउँपालकिाको वडा-८मा कार्याकर्ता भेट्घाट कार्यक्रम गरेको छ।वडा सभापति दङ्गली विष्टको अध्यक्षता र नेपाली काँग्रेसका युवा नेता सह-सचिव तथा निर्वाचन क्षेत्र ख का प्रदेश सभापति दमन बहादुर शाहीको प्रमुख आतिथ्यता मा भेट्घाट गरेका हुन्, सो टोलीमा जिल्ला कार्यसमिति सदस्य मीन बहादुर वोगटी,सविन कुमार विष्ट ,कार्यालय सचिव हरिस वोगटी ,नेविसंघका उपाध्यक्ष जगतजंङ्ग विष्ट लगाएका नेता कार्याकर्ताको सहभागीता रहेको थियो ।

नरहरिनाथ गाउँपालिकाका वडा-८ मा नेपाली काँग्रेसले केहि समय अघि भ्रष्टाचार गरेको भनि वडा कार्यालयमा ताला समेत लाएको थियो ,त्यस विषयमा पनि छलफल भएको युवा नेता सविन कुमार विष्टले बताए ।

तपाईको प्रतिक्रिया