धार्मिक परम्परा अनुसार नागपञ्चमी।अब बिस्तारै वर्षा ओरालो लाग्दैछ । चाडबाडहरूको मौसम शुरु भइसक्यो । अब लाग्ने चर्को घाममा दसैँको आभास पाइन्छ । चाडपर्वहरूलाई धर्मसँग मात्र नजोडी संस्कारसँग जोड्ने हो भने हाम्रो संस्कारलाई नागपञ्चमी जस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन् ।
आजको दिन सरिसृप अर्थात् घस्रेर जमीनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।कलियुग आफ्नो चरममा छ । युद्ध, त्रास, भय, अपराध अनि मानवीय चाहनाहरूको उत्कट समयमा सबैलाई कल्कीको आगमनको अपेक्षा छ । विष्णुको दश अवतारमध्ये अन्तिम अवतार कल्कीको आगमनसँगै कलियुग समापन हुने र सत्ययुगको चक्रतर्फ सभ्यताउन्मुख हुने विश्वास छ ।
नागपञ्चमीका दिन कल्कीको पनि जयन्ती मनाइन्छ ।श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिन्छ । यो दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवतासमक्ष पुग्ने जनविश्वास छ । वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ ।
जसमा अनन्त, वासुकि, शेष, पद्यम, कम्बला, कर्काेटक, अश्भतरा, धृतराष्ट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला पर्छन् । यी सम्पूर्ण नागको आजकै दिन पूजा अर्चना गरिन्छ ।
तुलराज पाण्डे । २९ श्रावण २०७८, शुक्रबार १३:४३