तुलराज पाण्डे /कर्णाली प्रदेशमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा “आफू उपकुलपति भएर आए पछि विश्वविद्यालय लाई फरक बाटोमा लिन खोजेको थिए,तर विश्वविद्यालयमा भएको करोडौंको अनियमित लाई रोक्न आफ्नो विवेक प्रयोग गर्दा के नराम्रो गरेको हौँ त” भ्रष्टाचार गरी खाने हरुका कारण समस्या उब्जिएको बताउछन् उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह ।
दियो खबरले सोधेको प्रश्नमा तपाईं उपकुलपति भएर आएपछि कति वेरुजु घटाउनु भयो भन्ने प्रश्नमा ४० करोडौं वेरुजु ९ करोडौंमा ल्याएको बताए ।
‘विश्वविद्यालयको वेरुजु घटाउने काम गर्दा,प्रक्रिया पूरा नगरेका व्यक्तिलाई कसैको दबाबमा नियुक्ति नदिने प्रतिवद्धताअनुसार अघि बढ्दा,नपढेका विद्यार्थीलाई उत्तीर्ण नगर्दा ममाथि श्रृंखलावद्ध आक्रमण भइरहेको छ’उपकुलपति प्राडा नन्दबहादुर सिंहले भने,‘अहिलेको समस्या यही नै हो ।’
विश्वविद्यालयमा सकारात्मक परिवर्तनका लागि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने शैली अपनाएका कारण केही राजनितिकदल र केहि व्यक्ति यसको विरुद्धमा उत्रिएको उनको दाबी छ ।विश्वविद्यालय राजनिती गर्ने थलो नभइ शिक्षाको दियो बाल्ने थलो हो यदि कसैले विश्वविद्यालयमा राजनीति गर्छ भन्ने त्यो नसोच्दा पनि हुन्छ ।
विद्यार्थीहरुले ज्ञानआर्जन गरेर नेता बन्ने हो, ढुङ्गा मुढा गरेर नेता भैहिदैन ।
दियो खबर । २७ श्रावण २०७८, बुधबार २१:२७