काठमाडौ: नेपाल कम्युनिस्ट पाटी (नेकपा )को भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का प्रभावशाली युवा नेता सुदेश पराजुलीले सङ्गठनका नेताद्धारा सङ्गठनको नाम जोडेर भएका गतिविधिप्रती आपत्ती जनाएका छन् । विभिन्न समुहहरू जम्मा भइ गरेका बैठक/निर्णयलाई सङ्गठनको आधिकारिक धारण हो भन्दै हिड्नु एक गुटबन्दी बाहेक केही होइन त्यो सङ्गठनको धारण हुन सक्दैन भनेर सामाजिक संजाल फेसबुकबाट आपत्ति जनाएका छन ।
सुदेश लेख्छ्न ” गुटबन्दीमा नै आफ्नो जन्म वा भविष्य देख्ने मित्रलाई राम राम बाहेक केहि भन्न सकिन्न !! समय सदैव गुटबन्दीको अधिनमा मात्रै रहदैन् ।।अहिले संगठनका साथिहरु विभिन्न शिक्षा सम्बन्धि सरोकार राखेर शिक्षा मन्त्री देखि सम्बन्धित निकायहरुमा बैठक देखि संयुक्त विद्यार्थी संघ।
संगठनहरुको बैठक पनि बसिरहनु भएको छ यसलाई सकारात्मक रुपमा नै लिएको छु तर गम्भीर असहमति यसमा छ कि केहि केहि विषय यस्ता छन् सम्बन्धि बैठकहरुमा समुहबन्दिका आधारमा उपस्थिति गराउने यसलाई नै सार्थक र आधिकारिक हुन्छ वा पाउछ भन्ने मित्रहरुलाई परेको छ यस्तै तरिकाले अनेरास्ववियू जस्तो गौरवशालि संगठन संचालन हुन्छ भनेर सोच्दा दिउँसोलाई रातको कल्पना गर्नु बाहेक अर्को हुने छैन । सस्थागत गुटबन्दी गरेर संगठनलाई गुटबन्दीको क्रीडास्थल नबाउन हार्दिक अनुरोध गर्दछु।
दियो खबर । ७ आश्विन २०७७, बुधबार १४:२७