कविता-रित्तो आकाश

पुष्पराज आचार्य (पिडित)
विष्णुको दशौ अबतार ठानेर
पुजेका हाम्रा देउता भस्मासुर बने
सरस्वती सम्झेकी देबि कैकेयी बनिन ।
राबणको नाश गर्न लङ्का पठाएका हनुमानहरु
बादर बनेर भत्काउन थाले आफ्नै आँगन ।
त्यसैले हाम्रो बिस्वासको खेतिमा बीष फलेको छ
हाम्रो आस्थाको पृथ्वी बेलुनको डल्लो बनेको छ

पुर्खाको रगत रोपेर
उमारेको बिचारको बिरुवा
नकाट स्वार्थ र घमण्डको बन्चरोले ।
नमार गरिबका गर्भमा भएका रहरका भुर्णहरु
खै यो कस्तो रहर तिम्रो,
आमाको भुँडी चिरेर दूध पिउने
बाबाको टाउको फोडेर अंश खोज्ने ।

सोच्नुहोस त के होला सुर्य टुक्रियो भने
पृथ्वी फुट्यो भने
सुर्य टुक्रिने हल्लाले पृथ्वी हल्लेको छ
बृहस्पति र शनिहरु खुसीयाली मनाउदै छन ।
सुर्य तिम्रा कारणले दिनरात हुनु स्वभाबिक हो
तर यहाँ त सधै रात बनाउने प्रयास भै रहेको छ।
एक दिनको ग्रहण सहन मुस्किल पृथ्वीलाई
सुर्य नै टुक्रीयो भने के होला उसको हालत
कसरी चम्कियलान चन्द्रमा र ताराहरु ।

कालान्तरमा पृथ्वी जलमग्न हुँदा
बिस्नुले पिठ्युँमा बोकेको पृथ्वी
आज बिस्नु आफै सागरमा खसाल्दैछन ।
हे इस्वर तिमी के रमिता हेरि रहेका छौ
हे शंकर तिमी कुन तान्डप नृत्य नाची रहेका छौ ।
पाडण्बहरु नै जुधे पछि के जित्लान र कौरबलाइ
बहादुर भिमहरु कायर बनेका छन ।

किन हुन्छ नेपाल माथि बारम्बार खड्क प्रहार
कतै नेपाल नै भारतमा बिलय हुने त होइन
सुवास भयर पनि फुलमा सुवास छैन
अमृत भयर पनि पिउन पाइदैन ।
डाक्टर बिरामी छन झाक्री बलवान् छन
घरमा आगो लगाएर कस्लाइ तपाउदै छौ मूर्ख हो
दुधको पोखरिमा डुबाए पनि चोखिदैनौ पापी हो

कन्चन आकाशमा आएको कालो बादल
बादल सङै आएका हुरि र असिना हरु
असिना सङै बर्सेको मुसलधारे पानीले
डुवाउला तराइको घना जमिन
बगाउला पहाडको उर्बरा माटो र
भत्काउला हिमालको चट्टानी हिउँ
अनि कहाँ गएर ताप्छौ पारिलो घाम
तेसैले नमार बृद्धहरुको घाम ताप्ने रहर
नभत्काउ विधवाका सुनदर सपनाहरु
जलाएर घर कहाँ निदाउछौ कुम्मकणहरु
भत्काएर मन्दिर कसरी बन्छौ पुजारि
सुर्य बिनाको रित्तो आकाशमा कसरी होला उज्यालो ?

तपाईको प्रतिक्रिया