गजल-विमला विकिरण

कहिँ भरिएँ कहिँ पोखिएँ,तिम्रो हुनु अघि
रङ्गिन बने,फिक्का थिएँ, तिम्रो हुनु अघि!

तिमीसँग पुगेँ पछि,केवल तिम्रो बन्न सकुँ
कतिसँग कहाँ ठोक्किएँ, तिम्रो हुनु अघि!

फूल सम्झेर शिरमा राख्यौं, फूल बनेँ म,
भुईँको धुलो झै ठानिएँ, तिम्रो हुनु अघि!

गमलामा बसेँ अहिले,संघारमा सजिएर,
अग्लो भिरमा फूलिदिएँ, तिम्रो हुनु अघि
बिमला पोख्रेल “विकिरण” महाबै गाउँ पालिका कालिकोट

तपाईको प्रतिक्रिया