आरती भण्डारी /
अवसरवादी कलाकारहरु चल्मलाईरहेका छन,नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको र निर्दलिय शासन ब्यबस्थाको पुन बिजारोपन भएको दिन हो २०७८ असार २८ ।ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ।
यो परमादेश कार्यान्वयन गर्न असम्भव छ।आज कार्यपालिकाले गर्नुपर्ने निर्णयमा न्यायालयले जुन प्रकारको असंबैधानिक हस्तक्षेप गरेको छ त्यसको विरुद्धमा आम नागरिक सचेत हुनु जरुरी छ,न्यायमुर्तिहरु द्वारा संबैधानिक नैतिकताको चिरहरण
“न्याय माथी कै घोर अन्याय”हो
आफ्नो पार्टी र आफ्नो पार्टीको सरकारलाई असफल बनाउन अहोरात्र खटेर बिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन । महत्वपूर्ण एवम ऐतिहासिक काममा सफलता प्राप्त गर्नुभएका विधि बिधानका प्रखर अभियन्ता,जबजका पक्षधरता, हाम्रो पार्टी नेकपा एमालेका तमाम नेताहरुप्रति हार्दिक बधाई तथा शुभकामना ।
अहिलेको परिबेशमा तपाईंहरुले पार्टीलाई ध्वस्त पार्नका लागि पुर्याउनुभएको यो अमुल्य योगदानको नेकपा एमाले र हामी तमाम युवा पुस्ताले युग युगसम्म स्मरण गर्नेनै छौँ।
द्वन्द्वात्मक भौतिकबादको अपब्याख्या गर्दै वर्गसंघर्षलाई श्रद्धाञ्जली दिएर,पार्टीको निर्देशन कुल्चिएर,लेनिनवादी संगठनात्मक पद्धति रद्विको टोकरिमा फालेर नेपाली कांग्रेसलाई सहयोग गर्ने परिवारका सदस्यहरुप्रती खेदप्रकट मात्रै गर्न सकिन्छ,सच्याउने अधिकार हामिसंग छैन,तपाईहरुले बालाई फाल्न बनाएको डोकोनाम्लो सुरक्षीत राख्नुहोला,त्यसैमा भोलि हामी तपाई लाई फाल्नेछौँ भन्ने मुल सन्देश दिएकि छन् ।
लेखक अनेरास्ववियुको केन्द्रीय कमिटी सचिवालय सदस्य
दियो खबर । २९ असार २०७८, मंगलवार १९:१३