अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै कालिकोटमा दिप प्रज्वलन

कालिकोट / सर्वाेच्व अदालतले गरेको संसद पुनस्थापना फैसलाको कालिकोटमा स्वागत गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) लगायतका भातृ संगठन नेविसंघ ,अखिल क्रान्तिकारीले सदरमुकाम मान्मको प्रतिमाचोकमा दिप प्रज्वलन गरेर स्वागत गरेका छन्।

निषेधाज्ञामा कुनै पनी विरोध जुलस जस्ता भेला हुने कार्यक्रम गर्न नपाएने भन्दै प्रहरी प्रशासनको घेरा तोरेर भएपनी प्रतिमाचोकमा दिप प्रज्वलन गरेर स्वागत गरेका हुन ।

दिप प्रज्वलन पछी प्रतिमा चोकमा कोण सभा गरी प्रतिगमनको अन्त्य भएको भन्दै सर्वोच्वले गरेको फैसला जनताको पक्षमा रहेको बाेल्ने बक्ताहरुकाे भनाई थियो ।नेपाली काँग्रेसका युवा नेता दमन बहादुर शाही ,माओवादी केन्द्रका युवा नेता धनजित शाही’आदर्श’ लक्ष्मीप्रसाद चौलागाईं’शैलेन्द्र’,लगाएको सहभागीता रहेको अखिल क्रान्तिकारी कालिकोटका प्रवक्ता हिक्मत सिंहले दियो खबर लाई बताए ।

निषेधाज्ञामा कुनै पनी विरोध जुलस जस्ता भेला हुने कार्यक्रम गर्न नपाएने भन्दै प्रहरी प्रशासनको घेरा तोरेर भएपनी प्रतिमाचोकमा दिप प्रजाेलन गरि स्वागत गरेका हुन ।

तपाईको प्रतिक्रिया