कालिकोट/ सर्वोच्व अदालतको फैसला बहुदलीय संसदीय प्रणाली काे मर्म बिपरित भएकाे भन्दै कालिकोटमा बिराेध प्रदर्शन गरिएकाे छ । सर्बोच्च अदालतले गरेको संसद पुनस्थापनाको फैसला सँगै प्रधानमन्त्री नियुक्त गर्ने परमादेश विरुद्ध कालिकोटमा विरोध प्रदर्शन गरिएको हाे ।
नेकपा एमाले निकट अनेरास्वबियु, यूवा संघ नेपाल, अनेमसंघ लगाएतका भातृ संगठनहरुले बिरोध प्रदर्शन गरेका हुन् । संसदले नियूक्त गर्ने प्रधानमन्त्रीलाई सर्वोच्वले परमादेश जारी गरेको बिरुद्ध देश भर जस्तै कालिकोटमा पनि बिरोध प्रदशन गरेका छन् ।
नेकपा एमाले कालिकोटको पार्टी कार्यालय देखि सुरु भएको बिरोध र्यालि तथा कोण सभामा बोल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य सन्तोष महाताराले प्रधानन्याधिस चोलेन्द्र समसेर जवराका बिरुद्धमा नारा जुलुुस लगाउदै बजार परिक्रमा गरि नेकपा एमाले जिन्दावाद भन्दै बिरोध गरेका थिए ।
कार्यक्रममा अनेरास्ववियु र युवासंघ नेपाल र अनेमसंघका नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो । सर्बोच्व अदालतको परमादेश बिरुद्धको आन्दोलन देशभर युवासंघ नेपाल र अनेरास्ववियु तथा अन्य जनवर्गिय संगठनहरुले गरेका छन् । बिरोध र्यालिलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्न नेपाल प्रहरी,शस्त्र प्रहरी बलको टोलि दिनभर नेकपा एमाले पार्टि कार्यालय घेराउ गरेको थियो ।
दियो खबर । २९ असार २०७८, मंगलवार ०९:३३