जातीयता र छुवाछूत प्रथा नेपालीको साँझा रोग

पटक बिश्वकर्मा (आशिष)/
कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर ७ निवासी तथा अनेरास्ववियु (क्रान्तिकारी) माओबादी केन्द्र कालिकोट जिल्ला कमिटी सदस्य भन्छन पलाँतामा छुवाछूत अन्त्यका लागि पलाँता अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छा जस्ता नेताको खाचो छ ।

विगत १० बर्षे महान जनयुद्ध,१९ दिने जन आन्दोलन यो देशमा सम्पन्न भर्इ महान सहिदहरुको बलिदानीवाट अहिले स्थानीय सरकार आय देखि बल्ल जातियताको अनुभव भएको देखिन्छ । जस अनुसार कालिकोट जिल्ला पलाँता गाउँपालिकामा स्थानीय सरकार प्रमुख अध्यक्ष लक्ष्मण बहादुर बम (पलाँती कान्छा) ले जातियताको पिडा सहनै नसक्ने पलाँती वाँसी दलित समुदायहरुले समावेसी रुपमा अधिकार दि रहनु भएको छ ।

दलितले दूध खाइदिए भने गाईभैंसीको थुनबाट रगत आउन सक्छ भन्ने भ्रम अध्यावधि नेपाली समाजका गाउँहरूमा छ । नेपालमा क्षेत्री, बाहुन तथा अनेकौं जाति, जनजाति, कामी, दमाई, सार्कीसमेतको संयुक्त योगदानबाट भएको थियो ।

जातीयता र छुवाछूत प्रथा नेपालीको साझा रोग हो । यो विकृतिले नेपाली समाज धेरै पछाडि परेको देखिन्छ । जातीयता र छुवाछूत प्रथा धर्मशास्त्रको उपज होइन । वेदमा छुवाछूतको कुनै भेदभाव छैन । मनुस्मृति प्राचीन समाजको सामाजिक विधान जस्तो थियो । त्यसबेलाको परिस्थितिअनुसार समाजलाई गतिशील बनाउन अभिप्रेरित थियो ।

मानिस एउटा सामाजिक प्राणी हो । बुद्धि र विवेकले गर्दा मानिस अन्य प्राणीभन्दा भिन्न कहलिँदै आएको छ । तर मानिस–मानिसकै बीचमा भने जन्म, वर्ण, धन र शक्तिका आधारमा विभिन्न खालका विभेदहरू एक–आपसमा हुँदै आएका छन् । संसारका विभिन्न ठाउँमा बस्ने मानिसहरूका बीचमा भिन्दाभिन्दै विषयवस्तुलाई आधार मानेर सामाजिक विभेदहरू गर्ने अनौठा पद्धतिहरू भएजस्तै हिन्दू समाजमा पनि केही अन्धविश्वासपूर्ण कुरालाई आधार मानेर छुवाछूतजस्तो विभेदकारी व्यवस्थालाई कायम राखिँदै आएको छ ।

सामाजिक कलङ्कको रूपमा रहेको छुवाछूत प्रथाले अहिले पनि नेपाली समाजलाई निकै प्रभावित पारिरहेको छ । यस व्यवस्थाले नेपाली नेपालीका बीचमा विखण्डन ल्याउने काम गरेको छ । एउटा मानिसले अर्को मानिसलाई होच्याउने आधार बनेको छ । यसले सामाजिक विकासको गतिलाई समेत अवरोध पुर्‍याएको छ । विभेदमा पारिएका मानिसको मानसिक विकासमा समेत यस छुवाछूत प्रथाले अवरोध पुर्‍याएको छ ।

तपाईको प्रतिक्रिया