सम्झनामा सिन्धुपाल्चोक

कल्पना सापकोटा।विगत एक हप्ता देखि को अविरल बर्षा को कारण सिन्धुपाल्चोक लगाएत देशका विभिन्न ठाउहरुमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप बढिरहेको छ।राजधानिको नजिकै रहेको सिन्धुपाल्चोक हरेक प्राकृतिक बिपत्ति को एउटा केन्द्र बनेको छ ।२०७२ सालको भुकम्प ले छेदबिच्छेद बनाएको सिन्धुपाल्चोक केही संरचना पुन निर्माण नहुदै पुन २०७७/२०७८ सालमा बाढी र पहिरो को भागिदार बन्न पुग्यो। मन सुन सुरु हुनासाथ आएको बाढी ले सिन्धुपाल्चोक जिल्लाका अधिकांस ठाउँ हरु मानवीय एबं भौतिक क्षति पुर्याएको छ। सिन्धुपाल्चोक जिल्ला कै हेलम्बु गाउँ पालिका अझै क्षति ग्रस्त छ भन्ने समाचार आएसंगै हामी जहाँ बढी क्षति गरेको छ त्यही पुग्ने भनेर हेलम्बु बासी को आँसु पुछ्न गएका हाम्रो टिम जब घटना स्थल मा पुग्न लाग्यो कसैको आँखा ओभानो भएन । अबस्था भयावह देखिन थाल्यो।बाटोमा जाँदै थियोउ जब मेलम्ची छोडेर हेलम्बु छिर्नै लागेका थियोउ एक जना महिला ले गाडी रोकेर अताल्लिदै हजुर हरु हेल्म्बु र टिम्बु को समस्या हरु बताउदै रुनु भयो सबै भाबुक भयोउ। दुखेको घाउमा मलम लगाउन हिडेको हाम्रो टोलि जब हेलम्बुको रातो पुल पुग्यो गाडी रोकियो दृश्य यस्तो देखियो जुन पुल बादिले पुरेको र अहिले खोला को पानी कम भएपछी सफा गरिएको रहेछ । सायद त्यहिभएर पनि हेलम्बु जान सम्भव नभएर कोहि पनि नपुगेको हुनुपर्छ । पुलको छेउछाउ को खेत घर अनि स्कुल का भवन हरु लडिरहेको छ । स्थानीय हरु जसको घर बगायो उ टाउको मा हात राख्दै त्यही बगर हेर्दै गरेको भेटियो । कसैको लडिरहेका घरहरुबाट सर सामान निकालेर माथी तिर जाँदै गरेको देखियो । हामी चनौते हुँदै किउल पुग्योउ जति माथी गयो उति बिजोग छ अवस्था बन्दै गरेका घर हरु लडेका छन बनेका घर हरु लडेका छ्न मरुभूमि मय जस्तो बनेको छ त्यो मानव बस्ती । स्थानीय भन्छ्न साझ 7 बजे खोलाको गड्गडावद ले हतार हतार भागियो अनि भुमेश्वरी माध्यामिक बिध्यालयको कक्षा कोठामा रात कटाइयो । हाम्रो लागि भए पनि रात नपरिदिए हुने भन्छ्न दोहोरो कुरा गर्न सकिरहेका छैनन स्कुल का खेल मैदान मा बस्तु बाधिएको छ भने कक्षा कोठामा मानिस को बसोबास छ । कसैले सामान ओसार्दै घर भित्र बाट भन्छ्न यो त सुरुवात हो अझै सिङो बर्खा बाकी नै छ मरिन्छ कि बाचिन्छ के भर। कसैले खाली चौर मा तृपाल तानेर बास बनाउदै छन त्यो तृपाल ले आकश त छेक्ला तर बगेर आएको पानी कसरी छेकोस तैपनी खाली आकास मुनि बस्न सकिँदैन त्यसैले अस्थाइ बास बनाउदै छन ।खोला सबै बस्ती तिर छिरेको छ साचिकै प्रकृतिले ठगेको छ हेलम्बु दिन गनेर घर हरु लडाइरह्एको छ । धान रोपेका खेत हरु बगर फाटँ मा परिणत छन करोडौं खर्छ गरेर बनाइएको घर हरु हुरि ले बारीको मकै ढलाए जसरी ढलिरहेका छन त्यो बाताबरण त्यहाँका मानिस हरुको कहानि अत्यन्तै हृदय बिदारक छ ।तस्बिर:कल्पना सापकोटा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य

तपाईको प्रतिक्रिया