डा. गोबिन्द केसिका न छोरा-छोरी छन न श्रीमति, २६ बर्ष सरकारि जागिर गरे, कमाएको सबै पैसा गरिबको स्वास्थ्य उपचारमा खर्चिए, पेन्सनको केइ रकम पनि गरिब जनताको निशुल्क सेवामा खर्चिदै सुदुर पश्चिम र कर्णाली प्रदेशका जिल्ला पछि जुम्ला पुगे। घण्टौ हिडेर दुखी बिरामीको उपचार गर्न जादा पनि कतै गाउपालिकाले रोक्यो कतै बसेको होटल बाट निस्कन प्रहरीले माथीको आदेश भन्दै रोक्यो। जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान (KAHS) मा एम.विवि.एस(MBBS) पढाइ सुरु गर सरकार भन्दै एक बूढो शरीर फेरि अनशन बस्न बाध्य भयो, उन्नाइसौं अनशन।
हामी कर्णाली बासीले डा. गोबिन्द केसि पायका छौ जस्ले हाम्रो बारेमा निरन्तर चिन्ता गरेका छन। हाम्रो मागमा साथ दिने डा. केसिलाई हामिले साथ नदिए कस्ले दिन्छ? आज अनशनको सातौं दिन भयो, मस्टो देवताको थान(मन्दिर) मा सत्याग्रह गर्दै गरेका डा. लाई हिजो राति प्रहरीले अस्पताल पुर्याएको छ। डा. केसिको स्वास्थ्य बिग्रदै गयको छ।
एउटा पनि मेडिकल कलेज नभएको कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला ( KAHS )बाट MBBS पढाइ सुरु गर्दा कस्लाइ घाटा हुने हो? कि कर्णाली प्रदेशमा पढाइ हुन नहुने हो? मेरो अनुरोध सबैले बोलौ, अझ कर्णालीबासी ‘हामी’ ठुलो स्वरमा बोलौ, ता कि सुन्नु पर्ने कानले सुनुन, फेरि पनि मेडिकल माफिया हरु सल्बलाउन नपाउन। ढिलो बोल्दा पाएको अवसर पनि गुम्न सक्छ। चिकित्सा शिक्षा पाउनु हाम्रो पनि अधिकार हो! कर्णालीबासीको स्वास्थ्य भबिस्यको लागि कसै सङ भिक मागेका छैनौं, आफ्नो अधिकार खोजेका हौं ।
फाइल प्रधानमन्त्रीको टेबलमा अड्किएको छ भन्ने सुनिन्छ।
के पुगेन र रोकियो? के कारणले रोकियो? कस्ले रोक्यो? कस्ले रोक्न लगायो? यी साझा प्रश्नको उत्तर अब हामिलाइ चाहिन्छ।
KAHS को स्थापना देखि अहिले सम्म निरन्तर महत्त्वपूर्ण भुमिका खेल्नु भएकाआन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी ज्यु र मङगल रावल सर डा. केसिको सत्याग्रहमा हौसला दिनुस,मिल्छ भने भेट्न जानुस।अरु बाट त्यति धेरै आश गरेका छैनौं।तपाई हाम्रो माग पूरा गर्न केन्द्र सरकार अझै संबेदनसिल देखिएको छैन।
डा. केसिको अनशन तोडाउन भन्दा पनि माग सम्बोधन गर्न तर्फ लाग्नु पर्छ। हामीले देखेको सपना अझै साकर भएको छैन। बर्सौ देखि राज्यले गरेको सौतेनी व्यबहार अलिकति नि कम भएको छैन। कहिले सम्म यो व्यबहार सहने हामी। दर्शनराज पाण्डे
कर्णाली प्रदेश, खाँडाचक्र नगरपालिका २,कालिकोट
हाल एम.विवि.एस तेस्रो बर्ष , पाटन स्वास्थ बिज्ञान प्रतिस्ठान, ललितपुर ।
दियो खबर । ५ आश्विन २०७७, सोमबार १९:०१