गजल-मदराज शाहि

धेरै गुमाएको छु केही पाउनको लागि ।
अब बाँकी के नै छ र गुमाउनको लागी ।

अचेल तिम्रा यादहरु नै काफी भएका छन्
मेरा निर्दोष नयनहरु रसाउनको लागि ।

तिमि जुन हौ फूल हौ सोचें मै मुर्ख थिएँ
माहिर रैछौ आखिर तिमि फसाउनको लागि ।

अंहकार तिरष्कार अनि दम्भ बोकेर हिँड्छौ
संस्कार चाहिन्छ यार घरबार बसाउनको लागि ।

धेरै दुख अनि पिडामा मैले आँशु बगाईसकेँ
आँशु पनि रित्तिएछ सायद खसाउनको लागि ।।

मदराज शाहि”बिवेक अकेला ”

खाँडाचक्र नगरपालिका ३ताडि,कालिकोट हाल काठमाडौ

तपाईको प्रतिक्रिया