मनिषा आचार्य।मेरो भन्दा फरक राजनीतिक पार्टिसग आस्था राख्ने एकजना मित्रसग कतै चिया पिउने सन्दर्भमा भेट भयो | हामि फरक राजनीतिक धारका मान्छेभएपनी हाम्रा धेरैजसो भावना ,लक्ष्य र उद्धेश्यहरु एकैठाउमा भएकाले हाम्रो भावनात्मक सम्बन्ध एकदमै राम्रो थियो ,त्यस्ता भेटघाटहरुमा गरिने अधिकतम डिभेटहरु सधै राजनीति र समाजसग जोडिएका परिदृस्यका सेरोफेरोमा हुन्थे |
२०७६ पौष ५ गते प्रधानमन्त्री केपि शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरेपश्चात मुलुकमा देखिएका आम घटना परिघटना ,आरोप प्रत्यारोप र बानी ,एक दलले अर्को सग – एक गुटले अर्को गुटसग पानी बाराबारको स्थितिले चरम रुप लिइसकेपछी उनिसग भेट भयो मसग भेटमा उनको पहिलो प्रश्न थियो ” कम्रेड देशको राजनीति यो दिशातर्फ उन्मुख भइरहेको यो परिप्रेक्षमा अब कसरी अगाडी बढ्ने भनेर सोच्नुभएको छ ?? ” उनको राय र निस्कर्ष सुनिसकेपछी मात्र आफ्नो राय अभिब्यक्त गर्ने भनेर मैले मुसुमुसु हास्दै जवाफ दिए ‘ त्यो विषयमा त मैले आफ्नो ध्यानकेन्द्रित गरेकै छैन बरु भन्नुस तपाइको अबको कार्ययोजना र रणनीति ? ‘ उनले धाराप्रवाहका साथ भने हेर्नुस कम्रेड मुलुकको उच्च राजनीतिक वृतमा आजसम्म जो – जो देखिएका छन र जुनजुन माध्यमको भर्र्याङ् लगाएर त्यहा पुगेका छन भनेर मेरो अनुसन्धान र भोगाइले प्रस्ट पारेको छ त्यही प्रवृत्तिलाई नै अङ्कमाल गरे मात्र अहिलेको राजनीतिक सफलता सुनिश्चित छ ,ती सबै सबै प्रवृत्तिहरु म सग छैनन १२ बर्शको उमेरदेखी राजनीतिमा होमिएर आज जीवनले ३५ औ बसन्तहरु पार गरिन्जेल सम्मको यो अवधिमा राजनीतिको माध्यमबाट समाजको निम्ति आफ्नो जिन्दगीको सर्बश्रेष्ठ उर्जाशिल समय ब्यतित गरेकोमा इन्ट्रोभर्ट्ली त सन्तुष्ट नै छु तर एक्स्ट्रोभर्ट्ली सन्तुष्ट छैन ,किनभने हिजो मैले राजनीति थालनी गर्दाको परिवेश र १६ बर्श पछिको राजनीतिक परिवेश उस्तै छ ,मनले भन्छ राजनीतिक जिवनलाई यहि तिलान्जली दिएर ब्यक्तिगत जिवनलाई बनाउन तर दिमागले यदि तैले राजनीति छोड्ने नै हो भने आफुभन्दा मुर्खहरुद्वारा शासित हुन तयारी सङसङ्गै थाल्नुपर्छ भन्छ यि दुईटाको आन्तरिक कन्ट्राडिक्सनले आजकाल अशान्त बनाएको छ , यस बिसयमा तपाइको मेरो निम्ति सुझावहरु के हुन सक्छन ?” उनको यो प्रश्न त मेरो पनि कसैसग ब्यक्त नभएको प्रश्न थियो ,मैले हासेर जवाफ दिए यो प्रश्नको उपयुुक्त बिकल्पसहितको उत्तरको अन्वेषणमा म आफू पनि छु तर यसको निवारणका निम्ति युथ जेनेरेसन अझ पोल्टिकल पार्टीहरुसग इन्भल्भ भएका तपाइहामिले अलिक पृथक आस्पेक्टबाट बहस गरेर अगाडी बड्नुको बिकल्प छैन |’
मानव सभ्यतालाई ढुङ्गे युगदेखी आजको २१ औ शताब्दीको आधुनिक बिज्ञानको युगसम्म गतिशिल तवरले सान्सारिक अस्तित्वमा आधारित मानविय समानता र समतामूलक समाज प्रकृतिले आफ्नो तर्फबाट त गर्यो तर कलियुग सम्म आइपुग्दा ब्यक्ती ब्यक्तिबिचको निजि स्वार्थको दुश्चक्रको बृहत् खाडलमा मुलुक कैदिबन्दी हुनु हामी आम नेपालिको लागि दुखको कुरा हो | इतिहासमा ७० बर्श पहिलेलाई मात्र हेर्दा पनि २००७ परम्परागत राणाकाल,नेपाली कङ्ग्रेसको अन्तरिम सरकार , २०१५ मा दुइतिहाइको कङ्ग्रेसको निर्वाचित सरकार ,२०१७ मा राजाको प्रत्यक्ष शासन ,२०४७ मा बहुदलिय प्रजातन्त्र ,अढाई सय बर्श पुरानो राजतन्त्रात्मक शासन ब्यवस्थालाई धुलो चटाएर गणतन्त्रात्मक ब्यवस्थाको ब्युत्पती सङै २-२ पटक संविधान सभाको गठन ,२०७३ को नेकपाको दुई तिहाईसरकार सम्म आइपुग्दा सम्मपनी राजनीतिक प्रयोगमा पहिले र अहिले खास तात्विक भिन्नता देखिन्न | मैले १५ बर्श अगाडीदेखि नेपालको बारेमा पढ्दा नेपाल एक बिकासोन्मुख रास्ट्र भनेको पढेको र म २५ बर्श भैसक्दा आजको जेनेरेसन पनि यहि स्कुलिङको वरिपरि रहिरहेको यश परिस्थितिमा पुनः अबको २५ बर्श पछाडीको पुस्तालेपनी आफ्ना सन्ततिहरुलाई यहि स्कुलिङले प्रेरित गर्नुपर्दैन भन्नेकुराको कुनै सुनिश्चितता छैन |
अब स्वाभाविक रुपमा प्रश्न उठ्छ र यो जरुरी पनि छ कि २००७ सालदेखी यहाँसम्म आइसक्दा पनि नेपालको समग्र बिकासको पक्षमा ड्रास्टिक चेन्ज हुन सकेन ?शिक्षा,स्वास्थ ,सन्चार र यातायातका सवालमा झिनो प्रगती भएपनी ४० बर्श अगाडि फ्रान्सको राजधानी पेरिसमा अल्पबिकसित देशका लागि पहिलो रास्ट्रसंघीय सम्मेलनको प्रतिनिधित्व गरेको नेपाल अल्पबिकसित देशको सुचिमा दर्ज हुँदै गर्दा फ्रान्स ? पछिल्लोसमय बिकासको अद्भुतपुर्ण दिशामा फड्को मारेको ,बिश्वको सबैभन्दा गरिब,अबिकसित,अशान्त र अस्थिर भनिएको रुवाण्डा लाखौ नागरिकको ज्यान गएको जातिय मुद्दाको द्वन्द्वबाट मुक्ती पाएको २० बर्श नपुग्दै समृद्ध रास्ट्रको सुचिमा परिचय बनाएको रुवाण्डा हेरेर हामिले सिक्ने कि नाइ ?अत्याधिक मात्रामा प्राकृतिक स्रोतसाधनको सर्वसुलभता,हावापानीको सन्तुलितता हुदाहुदैपनि आजका दिनसम्म किन मुलुक परनिभरतामा निर्भर रहनुपर्यो ?अहिलेसम्म मुलुकले जे जति बिकास गर्यो त्यो सबै बिदेशी सहयोग र अनुदानको ढाडमा टेकेर गरेको होइन र ? हाम्रा कमि कमजोरीहरु कहाँ – कहाँ कुनकुन शिर्षकहरुमा भए? राजनीतिक र संबैधानिक पात्रहरु परिवर्तन गर्दैमा समग्र मुलुक परिवर्तन हुन्छ भन्नू कतिसम्म सत्य या भ्रम? ७० बर्शयता दुईवटा शासन ब्यवस्था हेरेका नेपाली जनता फेरि किन फरक – फरक ब्यवस्थाको अपेक्षा गर्छन ? नेपालिहरु कसैको उपनिबेश भएर बस्नु परेन यो त सर्बत्र खुसिको बिसय हो तर तर बिदेशिहरुसग धावा नबोलेकै कारणले मुलुकलाई समृद्ध बनाउनन नसकेको होर? नेपालमा प्रसस्त मात्रामा रोजगारी,स्वास्थ र शिक्षाको सम्भावना हुदाहुदैपनी आज बाहिर पढ्न ,डिफिकल्ट,डेन्जरस र डर्टी काम गर्न जाने युवाहरुको लाइन अन्तरास्ट्रिय बिमानस्थलहरुमा र कन्सल्टेन्सिहरुमा किन देखिन्छ ?मुलुकको शिक्षा नितिले किन युथहरुलाउ तान्न सकेन ?युवालाई निर्यात गरेर रेमिट्यान्सको भरमा अझै मुलुकलाई कति टिकाउने? नेपालमा सम्बिधान बनेको कति बर्स पछि नेपाल बन्छ ?
नेपालमा दृततर बिकास भएन यहाँका राजनीतिक दल र त्यसलाई नेतृत्व गर्ने असल मान्छेहरु जन्मेनन ,मुलुक आम रुपमा समृद्ध नहुनुमा नेता र राजनीतिक दलहरुलाई मात्र औला उठाएर दोष दिने परिपाटी जबसम्म टिकिरहन्छ तब सम्म यहि चलन चलिरहन्छ | राजनितीमा लाग्नेहरु सबै खराब हुदैनन तर असल मान्छेहरु किन राजनीतिमा हत्तपत्त हाबी हुन सक्दैनन भन्ने कुरा सर्वत्र चासोको बिसय बन्नु पर्थ्यो तर बन्न सकेन ,नेताहरुले आफ्नो बिबेकले काम गर्ने भन्दा पनि बिदेशिको दबाब ,अक्कल र उनिहरुको आन्तरिक स्वार्थको वरिपरि भएर काम गरेको कुरा नकार्न मिल्दैन ,शिरमा संविधान र मुटुमा आफ्नो रास्ट्रलाइ नराखेर केवल सत्ता जगाउनका निम्ति भारतिय निर्देशनका क्रान्तिहरुमा लम्पसार पर्ने यथास्थितिबादिहरुको विरुद्धमा आवाज बुलन्द गर्न हामि नसक्ने नै होर? क्रान्ति र परिवर्तन भन्दा एउटा ब्यक्तिको भावनासग भावनात्मक सम्बन्धलाई क्रान्ती सम्झिने ,क्रान्तिप्रती बफादार बन्नेभन्दा नेताप्रतिको बफादारितालाई लिएर केवल कुर्सिको मोह ,जम्माजम्मी आफ्नो आस्थाको जस्तोसुकै प्रवृत्तिको मान्छे भएनी हुन्छ तर फरक पार्टीको हुनुहुन्न भन्ने अबिबेकी निर्णयमा सरिक हुनेको बड्दो जमातले खडा गरेको परिस्थिति उपज हो यो | पढेलेखेका मान्छेहरुले खराबलाई खराब र असललाइ असल भन्न सक्ने ल्याकत नराखेर ब्यक्तिका नाममा आँखा चिम्लेर झ्याली र झ्याम्टा बजाउदै हिड्नुको दुस्परिणाम हो,बिबेकी मान्छेहरुले नै बिबेक गुमाएर गरिएका निर्णयहरुको प्रतिफल हो यो , देशमा भ्रष्टाचार ,कालोबजारी ,रास्ट्रघात,देशद्रोह जस्ता अपराधीक क्रियाकलापहरुले सगरमाथाको उचाइ भन्दा अझ अग्लो रुप लिदा पनि नेताहरुले काम गरेनन भने टाउकोमा हात थमाएर बस्ने र अर्को चुनावमा त्यही नेतालाइ चुनेर पठाउनुको परिणाम हो यो | मुलुकको ठूलो युवा जमातले राजनितीलाई एउटा फोहोरी खेल भनेर ट्याग लगाउदै पछाडी बस्ने इन्टेसन लिनु घातक हो
शिक्षित हुन या अशिक्षित सबैलाई आफ्नो मुलुक समृद्ध भएको हेर्ने चाह हुन्छ |आफू सिमित घेराभित्र रहेर हाइपोथेटिकल्ली अनुमान र लाल्छना लगाउदै हिड्नेहरुले गम्भीर आत्मसमिक्षा गर्ने बेला आएको छ ,अबको पुस्ताले बिश्वको परिवर्तनशिल चरित्रलाई दिमागमा आक्न सक्ने ल्याकत राख्दै बिश्लेषणात्मक पद्धतिबाट आफ्नो मुलुकको आवस्यकता र सम्भावनाहरुलाइ नजिक बाट हेर्न सक्नुपर्छ| राजनीतिक दललाई मात्र दोष देखाएर आफू पन्छिन खोज्ने र सधै कुन्ठा मात्र पालेर बस्नु युवा हुनुको परिचय किमार्थ हुन सक्दैन ,जसलाइ जे मन लाग्यो त्यही गर्न सक्ने गरि बनाइएको कानुनी कन्फ्युजनलाइ पुर्णत सहज सरल बनाएर अबको नया बाटो कोर्न थालनी हामिले गर्नुपर्छ,नेपालको सन्दर्भमा हालसम्म मतदान योग्य जनसंख्याको ६८.६३% ले मात्र मतदान अघिल्लो निर्वाचनमा गरेको तथ्यांक सार्वजनिक हुदैगर्दा बाकी ३१.३७% मतदाताहरु किन भोट हाल्न गएनन ?आजका दिन सम्ममा लोकतन्त्रमा समाबेश नभएकाहरुले लोकतन्त्रमा समाबेश भएर नेता छान्न पाउने अधिकार र मतदाता बन्न पाउने अधिकारका लागि युवाबर्ग आफै अग्रस्थानमा आउन बर्तमान समयको माग हो | मुलुकका आम युवा बिध्यार्थिले राजनीति बुझ्न जरुरी छ कि यसको राजनीति बुझ्नु नेता बन्नु मात्र होइन मुलुकमा भैरहेका असल र खराब कर्मका बिरुद्धमा लजिकल्ली धारणा ब्यक्त गरेर एक्सन लिन सक्नु पनि हो |
अहिले नेपालको सन्दर्भमा डेमोक्रेटिक स्टाबिलाइजेसन नै धरापमा परिरहेको बेला स्थिर भनेको एउटा अस्थिरता जस्तो मात्र देखिन्छ,युवाहरुले अधिकारको निम्ति लडेर गणतन्त्रको अभ्यासको यो चरणमा आफू भैरहदा आफुले आफ्ना दायित्वहरु कति पूरा गर्यौ र कति अधुरै छन भन्ने कुराको लेखाजोखा आजको आवस्यकता हो,मुलुकको सामन्ती राणातन्त्र र राजतन्त्र फाल्नका निम्ति सडक तताउन राप र तापले आक्रोशित भएका युवाहरु अब डेमोक्रेटिक भ्यालु सहितको नया नेपाल स्थापनामा जोडबल गर्ने कि नगर्ने ?मुलुकमा आजसम्म कस्ता कस्ता खालका संरचना बने ,तिनिहरुले कस्तो खालको भुमिका खेले र अबको संरचना कस्तो बनाउनुपर्छ भन्ने कुरामा युवाहरुले ग्लोबल्ली डिबेट गरौ निस्कर्श निकालौ | नागरिक स्वतन्त्रता ,आर्थिक सामाजिक रुपान्तरणका कुरा संविधानमा ग्यारेन्टेड भएतापनी कार्यन्वयनमा जान नसक्नुका समस्या र कारणहरुको बारे खोज गरौ | बिश्वका २०० मुलुकहरू मध्ये युथ डेभलपमेन्ट इन्डेक्समा हेर्दा हामी १७९ औ स्थानमा रहेछौ अब प्रश्न छ मुलुकका हरेक आन्दोलनका अग्रभागमा देखिने युवाजमात आज नेतृत्वमा पछाडि पर्नुका कारक तत्वहरुको पहिचान र समाधान गर्न हामिले जोडबल नगरे कस्ले कहिले गर्ने? युवाहरुलाइ भबिस्यका कर्णधार भनेर घोकाउने हाम्रो पुरातन शैक्षिक स्कुलिङ्ले युथ आर द पार्टनर्स अफ टुडे को सङ्कल्प गर्दैन त्यसको निम्ति हामी आफै अग्रसरहुनुको अर्को बिकल्प छैन , आज घर,समुदाय र रास्ट्र बनाउने सन्दर्भमा युवाको भुमिका जिर्ण बन्दै गयो ,हामिले कसैसगको भावनात्मक सम्बन्ध र स्वार्थका कारण ब्यभिचार बिरुद्धका प्रश्न गर्न सकेनौ भने आज हामिले नेताहरुले देश बिगारे भन्दै गर्दा भोलीको पुस्ताले हामिलाई लगाउने ब्लेम यहि होइन र?अब कसैले कसैबाट आफ्नो संरक्षण खोज्ने प्रवृत्तिलाई छोडौ,युवाका एजेन्डाहरु माथी वकालत र कार्यान्वयन गरौ,जबसम्म फ्रेडरल डेमोक्रेटिक रिपब्लिक बलियो हुन्न तबसम्म हामीले नयाँ शिरामा मुलुकलाइ लान नसक्ने भएको हुनाले लोकतन्त्रमाथी कु- गर्ने ,निजि स्वार्थसिद्ध प्राप्तिका खातिर लोकतन्त्र र सम्बिधानको बलात्कार गर्ने सबैलाइ समाजबाट बायस गर्ने हिम्मत गरौ ,केही बर्शयता मुलुकमा साक्षरता दर बढेपनि शिक्षित मानिसहरुको अभाव ले आज मुलुक जुन समस्याग्रस्त दलदलमा फसेको छ त्य्सलाइ माथी उठाउनका निम्ति तथ्य र तर्कका आधारमा बिबेचना गर्न सक्ने जनशक्ती उत्पादनमा युवाहरुको भुमिका अतुलनीय हुन सक्छ यसर्थ मुलुकको आमूल परिवर्तन युवाबाहेक अरु कसैले गर्न सक्दैन ,आइ डन्ट लाइक पोलिटिक्स भन्नुको सट्टा राजनीतिलाई आम युवाहरुले नजिकबाट चिन्न र बुझ्न सके मुलुकको आर्थिक ,सामाजिक ,राजनीतिक ,सास्कृतिक लगायतका पक्षहरुमा ऎतिहासिक परिवर्तन ल्याउन सकिने कुरामा दुइमत नहोला |अन्त्यमा नेपोलियन बोनापार्टले भनेका छन The world suffers a lot .not because the violence of bad people ,But because of the silence of the good people’s .तसर्थ आजैदेखी बोलौ अनियमितता ,भ्रस्टाचार ,कालोबजारी ,ढिलासुस्ती ,सामाजिकुरिती ,विभेद र अन्धबिश्वासका बिरुद्ध र लोकतन्त्र चल्ने भनेको मेरोजिटिमा हो भन्दै गर्दा मुलुकमा युवा र महिला मेजोरिटिमा हुदापनि यिनी दुबै माइनोरिटिमा छन भन्ने बिसयमा |
पोलिटिकल डिप्रेसन :एकल वा साँझा प्रश्न
तपाईको प्रतिक्रिया
दियो खबर । ३१ जेष्ठ २०७८, सोमबार ०९:५०