आफ्नाहरुबाट सान्त्वना भर्खर मिल्यो ।
को आफ्नो पराई को चिन्ने अबसर मिल्यो ।
तिमिले सोचेको जस्तै भईदियो बधाई छ,
तिम्रो पनि त मनकै रहर सकभर मिल्यो ।
बाडुल्की खुब लागिरहेछ आज बिहानै देखि
सायद आमालाई बिरामी भएको खबर मिल्यो ।
सुम्सुमाइरहनु भयो रातभर आँखामा राख्दै,
सपनामै भएपनी आमासङ्ग नजर मिल्यो ।
अब केही हुँदैन लागेको छ आशिर्वाद पाउँदा,
एक्छिन आमासङ्ग समय बिताउने प्रहर मिल्यो ।
ए जिन्दगी! त बिचमै टुक्रीदिन किन खोज्छस,
लाग्दैछ! बल्ल त यो जीवन जिउने तरखर मिल्यो ।
मदराज शाही
खाँडाचक्र -३ कालिकोट ।
दियो खबर । ३० जेष्ठ २०७८, आईतवार २१:१२