२०७८ जेठ १५,गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेका नेता डा.भीम बहादुर रावलले कवितामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन्।रावलले सामाजिक सञ्जालमा राखेको कवितामा राष्ट्रलाई नाश गर्ने व्यक्ति आफै गलेर नाश हुने भाव व्यक्त गरिएको छ ।
रावलले सामाजिक सञ्जाल twtterमा राखेकाे कविता:राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ!
अस्त र व्यस्त समाजै त्रस्त रमाउछौ यसैमा,
बेथिति अति बिगारेउ मति संकट ल्याई यो देशमा,
भय र त्रास फैलाई यहाँ सबैलाई तर्साउछौ,
न्यायका हकी देशभक्तमाथि शब्द वाण वर्षाउँछौ ।
षडयन्त्र जाल बुनिन्छन् तिम्रा सामन्त साथमा
अधिकार छिन्छौ विधिलाई मिच्छौ अँधेरी रातमा,
अतृप्त तिम्रो सत्ताको भोक कहिले हो मेटिने
स्वाधीनतासँगै स्वाभिमान भन्ने कहाँ हो भेटिने ?
विधि र विधान, नैतिकता तिमीले के साह्रो मिचेको
कुर्सीको खेलमा स्वार्थको झेलमा चुर्लुम्मै डुबेको,
नक्कली कुरा फैलाई सधैँ नठान टिकिन्छ
जनाधिकार मास्ने, राष्ट्रलाई नाश्ने, गलेर नाश हुन्छ ।
जेठ १५,२०७८
दियो खबर । १५ जेष्ठ २०७८, शनिबार १३:४७