खै आज पनि अल्जिरहेछ यो सास तिम्रै इन्तजारमा
तिमि नै भन कसरी सम्झाउ यो मन लाई कुन आधारमा।
आज तिम्रै अभावमा छट्पटीरहदा तिमि नै छैनौ म संग
हिजो त भन्थ्यो नि केहि कमि हुने छैन मेरो प्यारमा।
खुसी छौ रे तिमि मेरो बर्बादी को समय चलिरहदा त्यता
थाहा छ यहाँ धेरै खुसी हुने नै मेरा आफन्त हुन मेरो हारमा।
बरु अभाबै अभाबमा चलोस मेरो जिन्दगी झेल्न सक्छु
कहिले कमि नहोस खुसिको त्यहाँ तिम्रो रंगिन सन्सारमा।
सन्सार जित्छु भन्दै सम्बन्ध तोडेर गयौ सुभकामना
अब तिमै चर्चा चलिरहेको सुनियोस हरेक समचारमा।
इस्सु अधिकरी,सुर्खेत
दियो खबर । १५ जेष्ठ २०७८, शनिबार १२:१९