“देश अझै बिउँझेको भ्रममा छ…..”

कविता

देश सुतेको छ
देशलाई सुताईएको छ
भ्रमको जालोमा जेलिएको छ
जसले मुलुकको
सिंगो संरचनाका पाटपूर्जा
काम नलाग्ने भैसके
खिया लागेर
सरकारका मुटु मिर्गौला
फेर्नु पर्ने अवस्थामा छन
देशको रक्तसञ्चारमा अवरोध आएर
नसाहरु फुटेका छन ठाउँ ठाउँमा
रक्तपिपासुहरुको भुँडी सिंचित हुँदैछ
स्यालहरु झुम्मिएका छन
सिंह बन्ने होटबाजिमा
बिरालोले अगेनो खनेर खोक्रो पार्दैछ
जुकाहरुले असम्भव ती ठाउँहरुमा
रगत चुसेर, चुहाएर
गडेउँलाको रुप धारण गरेका छन
भेडाहरु पाटनमा चर्न छोडेर,
बेसी झर्न खोज्दैछन
गोठालोको पछिपछि
मात्र भ्याभ्या गर्न जानेका
बेच्न लिएको प्रबाह छैन
बलि चढाउन लगेको मत्लब छैन
हरियो घाँसको लतमा जो परेका छन
लाग्दैछ, मुलुक भ्रमको खेतिका
खेतालाहरु मौलाउने कार्खाना हो दु:ख लाग्छ,
देश अझै बिउँझेको भ्रममा छ…
राम बहादुर परियार “सुशान्त”
तातोपानी – २ जुम्ला !
हाल कालिकोट ।

तपाईको प्रतिक्रिया