स्थानीय तहमा इन्जिनियरको अनुभव

Er नरेन्द्र प्रसाद चौलागाईं ।इन्जिनियरिङ भनेको मानविय समस्या समाधानका लागि प्रबिधिको प्रयोग गरिने विज्ञान को शास्त्र हो। बास्तवमा,इन्जिनियरिङ एक ब्यबसायिक कार्य हो जसमा सोच, फैसला गर्ने क्षमता र बौदिक ज्ञानको प्रयोग हुन्छ,जसमा विज्ञान, प्रविधि,गणित,र प्रयोगात्मक अनुभव प्रयोग गरी परिकल्पना, उत्पादन र उपयोगि वस्तुको प्रयोग अथवा क्रम हो जसले बस्तुको गुणस्तर , उपयोगिता र सार्थकता लाइ गहिरो अध्यन गरि बास्तबिकतामा परिणत गर्ने एक बौद्धिक ग्यान नै इन्जिनियरिङ हो । यो ज्ञान, सिप र क्षमता सम्बन्धि अध्यन गर्ने प्राविधिक जनशक्ति लाई इन्जिनियर भनिन्छ।इन्जिनियरिङ क्षेत्रको पढाइ गणित र भौतिक विज्ञान पढाइने भन्दा पनि यसको कसरी प्रयोग गर्ने भन्नेबारे प्रयोगात्मक हिसाबले सिकाइन्छ।
संसारकै जुनसुकै उदाहरण हेर्ने हो भने सबैभन्दा धेरै तलब खाने पेसाकर्मीमा इन्जिनियरहरू नै पर्नेगर्दछन ।
घर बनाउन, सिचाइ कुलो बाउन, पोखरी निर्माण गर्न, खानेपानी का आयोजनाहरु निर्माण गर्न,बाटो बनाउन,सडक तथा पुल बनाउन वा अन्य कुनै रचनात्मक काममा सबैभन्दा बढी इन्जिनियरकै हात हुन्छ । सानादेखि ठूला परियोजनामा काम गर्न सक्ने इन्जिनियरले कुनै पनि देश र सिंगो विश्वकै भौतिक, प्राविधिक र आर्थिक क्षेत्रको विकास सजिलै गर्न सक्दछन। इन्जिनियरिङ पेसा भनेको ब्याबसायिक व्यापारी,उद्यमी तथा ब्याबहारिक बन्न पनि सिकाउने हुँदा इन्जिनियरले जागिर नै खानुपर्छ भन्ने केहि छैन ।इन्जिनियरिङ पेसा भनेको जागिर खाने र खोज्दै जाने पेसा तथा ब्याबसाय होइन।येस्ले कुनै प्रबिधि र ब्याबसायबाट रोजगारिको सिर्जना आफै गर्न सक्छ।इन्जिनियरिङ क्षेत्र निकै चौडा आकारमा फैलियको क्षेत्रहो जस्को मार्केट भ्यालु अनन्तकालसम्मपनी जिबितै राख्न सकिन्छ।नेपालमा करिब ७५३ वटा स्थानियतह तथा ३ तहको सरकार छन जसको काम गर्ने सैली फरक भयतापनी लक्ष्य भने एउटै रहेको छ ।विकास निर्माणका परियोजनाका आवश्यकताका आधारमा बिभिन्न क्षेत्रमा इन्जिनियर लाइ खटाउने गरिन्छ ।
सिभिल इन्जिनियरले परियोजनाको गुणस्तर नियन्त्रण गर्ने गर्छन् । कुनै पनि परियोजनाको प्रारम्भिक अध्यन, डिजाइन ड्रइङ, लागत अनुमान, साइट अनुसन्धान, नापजाँच र सुपरिवेक्षण गरेर बिल उठाउने काम पनि सिभिल इन्जिनियरले नै गर्दछन।गाउँपालिकाहरूको परियोजनामा मुख्यतः सडक, खानेपानी, भवन, सिचाइकुलो, माइक्रो हाइड्रो, कुलानाला, पुल, पोखरि,बाटोघाटो,मठमन्दिर,पाटी-पैवा आदि पर्दछन। हरेक स्थानीय तहको आवश्यकता भन्दै बिनाअनुसन्धान गाउँको कुनाकुनामा सडक पुर्‍याइन्छ।जहाँ नियमित रूपमा पहिरो जाने गर्छ उतै बाट रोड लिने गरिन्छ। स्थानिय क्षेत्रका बिकास निर्माणका परियोजनाहरूले स्थानीयको आवश्यकता र विकासका नाममा बिनाअध्ययन स्थानीयको मागअनुसार नै जतामनलाग्यो उतै पूर्वाधार निर्माण हुने गरेको छ । जसले विभिन्न समस्या नित्याइरहेको छ। भूगोल र वातावरणको अध्ययन गरेर मात्र पूर्वाधार निर्माण गर्दा जोखिम न्यूनीकरण अथवा कम गर्न सकिन्छ। यसका लागि गाउपालिका तथा नगरपालिकाले जियोलोजिस्ट र वातावरण बिग्यका अनुसार जहाँ उपयुक्त हुन्छ उतै बाट सडक निर्माण गर्नु पर्नेहुन्छ।
इन्जिनियरले निर्धारण गरेको सडकको एलाइनमेन्ट एकातिर हुन्छ भने स्थानीयको माग अर्कोतिर हुने मुलुकका बासिन्दा हौ हामि । स्थानीयको मागअनुसार एलाइनमेन्ट लैजाँदा आयोजनामा बढी लागत लाग्ने, बाढी-पहिरो जाने जस्ता प्राकृति प्रकोपको जोखिम बढ्ने गरेको छ। नेपालमा इन्जिनियर बाटो, पुल र भवन बनाउन मात्र चाहिन्छ भन्ने मानसिकता छ । बाटो, पुल र भवन जस्ता पूर्वाधारको डिजाइन, सर्वेक्षण र निर्माणमा सिभिल इन्जिनियरकै प्रयोग हुने भए तापनि निर्माणपूर्व गर्नुपर्ने स्थलगत अध्ययन जियोलोजी तथा वातावरण विद्ले नै गर्नुपर्ने बिग्यहरु बताउँनुहुन्छ। परियोजनाहरूमा स्थलगत अध्ययन इन्जिनियरले नै गर्ने गर्दछ।स्थानीय तह भनेको जनताका समस्या र सुझाबहरुलाइ आत्मासाथ गर्दै अगाडी बड्ने क्षेत्र हो। करिब एक बर्ष बितिसकेको छ स्थानिय तह तथा बासिन्दा सग कामगर्न थालेको। पर्याप्त दक्ष जनसक्तीको अभाबका कारण हरेक स्थानियतहमा काम गर्न धेरै समस्याहुने गरेको छ । लोकसेवा आयोगले लियको परिक्षामा पासभयर देश र जनताको सेवागर्छु भनी जोसर जागरका साथ आफ्नो कार्यक्षेत्रमा खटिएको एक कुसल कर्मचारीलाइ उचित किसिमको सेवाकालिन तालिमको ब्याबस्था नहुदा बिभिन्न अप्ठेरा र कठिनाइहरु भोग्नुपरेको तितो अनुभब स्थानियतहका कर्मचारिहरुले भोग्नु परेको छ!हाल शुभकालिका गाउँपालिका प्राविधिक शाखा प्रमुखको जिम्मेवारी बहन गर्नु भएको छ।

तपाईको प्रतिक्रिया