नेपाल केन्पो खुकुरी मार्सल आर्टस केन्द्रिय संघको बैठक सम्पन्न

तुलराज पाण्डे। विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ विरुद्ध नेपाल केन्पो खुकुरी मार्सल आर्ट संघको केन्द्रीय समितिको zoom ग्रुप मार्फत संघका केन्द्रीय अध्यक्ष पुर्ण पाण्डेको अध्यक्षतामा बैठक बसेको हो ।उक्त बैठकमा विभिन्न विषयमा छलफल गरिएको बताए ।

(१) कोरोना लागी उपचाररत सम्पुर्ण बिरामीहरुको सिग्र स्वास्थ लाभको कामना गर्दै, तत्कालै राहतका प्याकेज ल्याउने ।
(२) काठमाडौका विभिन्न ठाउँहरुमा हेल्प डिस राख्ने ।
(३) संघका केन्द्रीय पदाधिकारीहरुको नेतृत्वमा जो जहाँ हुनुन्छ तेहि ठाउँ बाट कोभिड १९ रोकथाम एवम् साबधानिको लागी राहतका कार्यक्रम तत्काल गर्ने ।
(४) संघका केन्द्रिय पदाधिकारीहरु सग समन्वय गर्दै केन्द्रीय सदस्य एबम प्रदेश इन्चार्ज, सह इन्चार्ज ज्युहरुले प्रदेश सघ, जिल्ला संघ एवम् स्थानीय संघहरुलाई परिचालन गरि आ-आफ्नो ठाउँबाट कोभिड-१९विरुद्धका राहतका कार्यक्रमहरु गर्ने ।
(५) नेपाल केन्पो खुकुरी मार्सल आर्ट संघको, केन्द्रिय संघ, प्रदेश संघ, जिल्ला संघ र स्थानीय संघले अनिवार्य अहिलेनै कोभिड-१९ विरुद्ध बनाइएको लोगो सहितको प्रोफाइल पिक्चर फेसबुकमा राख्ने उप-महासचिव बिमल कार्कीले दियो खबर लाई बताए ।

तपाईको प्रतिक्रिया