ब्युझना पुन देवकोटा।जीवन र मृत्युको दोसाँधमा रहि कोरोनाको विरुद्धमा लडिरहनु भएका आम जनमानसबर्गमा सिघ्रस्वास्थ्यलाभको कामना सहित कोरोनालाइ परास्त गर्ने अत्भुत शक्ति मिलोस भन्ने कामना व्यक्त गर्द्छु ! यथार्थमा कोरोना के रहेछ ? भन्ने कुरो संक्रमित भइ हस्पिटलको आइसुलेसनमा होस या होम आइसुलेसन (ओछ्यान)मा अर्ध मृतक शरीर लिएर जीवन र मृत्युसग लडिरहेकालाई मात्र थाहा हुन्छ ।जहाँ भनिन्छ नि!”खुकुरीको पिडा त केवल अचानोलाइ मात्र थाहा हुन्छ।”कोरोनाको पुर्ण लक्षण सहितको बिरामी म #कोरोना परिक्षण गराउने आट नै गरिन साहेद म जस्ता यहाँ थुप्रै बिरामी हुनुहुन्छ होला?किनकी कोरोना पोजेटिभ देखिने बित्तिकै व्यक्ति र समाजको हेर्ने दृष्टिकोण निकै भिन्न छ ,नत औषधी नै छ?यहाँ बिरामीलाई माया र सद्भावको दृष्टिकोणले होइन घृणाको दृष्टिकोणले हेरिन्छ!मेरै समाज हो, यदाकदा सुनिन्छ .कोरोना पोजेटिभ भएको थाहा पाए पछि घरबेटीले घरमा बस्न निशेध गरे रे ,साहेद कलियुग भनेकै यहि हुनुपर्छ मानिसहरुमा बिस्तारै मानवता हराउदै छ। मलाइ त्यही मानवता हराएको समाजको डरले निकै सताइरहयो।
म एउटा साधारण परिवारको मान्छे पढाई र जागिरको सिलसिलामा सदरमुकाममा कोठा भाडा लिएर बस्दै आएको पनि बर्षौ बितिसकेछ।पत्तै भएन ।कोरोनाले शरीर गलेर थकित हुँदा होस ,या शरीरमा अक्सिजनको कमी भइ स्वासप्रस्वास गर्न गह्रो हुदा होस। निकै घरको याद आयो। सिमित एउटा कोठामा साधारण लक्षण सहितका ६ दिन र कडा लक्षण सहितको १३ दिन निकै कष्टपुर्ण बित्यो। गाडीको आवाज सुनेर झ्याल बाट बाहिर हेर्दा कोरोनाका कारण मृत्यु भएका ब्यक्तिको दाहासस्कारका लागि लैजादै गर्दाको लास दुरुस्तै देखिन्थ्यो , मोबाइल खोल्दा श्रदान्जलीका पोस्टबाहेक अर्को नभेटीदा झन आफ्नो स्वास्थ्यलाई निकै कष्ट भएको अनुभुती हुदोरहेछ ।लाग्थ्यो भोलीको सुर्योदय हेर्न पाउछु की पाउदिन? ,कतै मेरो तस्वीर पनि भोलि यसरीनै सामाजिक संजालमा पोष्ट हुने त होइन ?मनमा यस्तै यस्तै कुरा खेल्दा अझ निकै आफुलाइ कमजोर भएको महसुस हुदोरहेछ!
जुनसुकै कठिन परिस्थितिमा पनि बिचलित नहुने म!कोरोनासङ्ग झन्डै हारेको अनुभुती गरिन।यो कठिन घडीमा न कसैको फोन उठाउन सके न त म्यासेजको रिप्लाई गर्न नै सके।हजुरहरुको माया सद्भाव र हौसलाले अन्ततः कोरोना जित्न सफल भए करिब १९ दिनको विश्राम पछि स्वास्थमा केही सुधार भएको अनुभुती भयो ।त्यसपछि कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो ।लामो सास फेरे ठुलै लडाइँ जितेको अनुभुती भयो। अहिले पनि पुर्ण रुपमा स्वस्थ नभएकोले जिल्ला अस्पताल सल्ले स्थित डक्टर Rajkumar Bhujel सरको सल्लाह अनुसार औषधि खाइरहेको छु।पहिलेको तुलनामा अहिले स्वास्थ्यमा निकै सुधार आइसकेको छ।घरबेटीको सम्मान र परिपरिवारको माया हौसला र दिएका सम्पुर्ण सेवाबाट मैले पुनर्जीवन पाएको अनुभुती गरेको छु।त्यसैले आफ्नो र आफ्नो परिवारको जीवन बचाउनुछ भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै तपशीलका सेवा दिन सम्पुर्णमा अपील गर्दछु।
१:-बिरामीलाई प्रयाप्त मात्रामा गेडागुडी तथा दालको रस खुवाउने ।
२:-प्रत्यक दिन बिहान खालीपेटमा एक गीलास तातो पानीमा एक चम्चा मह राखेर, मरिज,ल्वाङ ,टिमुर र अदुवा मसिनो पारेर राखी एक भुल्को उमालेर चियादानीमा छानेर खुवाउने ।
३:-सकेसम्म दिनको ३ पटक १/१ गिलास दुध खुवाउने ।
४:-खरानीपानीमा असुरोको पात ,अमिलाको पात र अम्बाको पात राखेर उमालेर दिनको ३ पटक सिरक भित्र राखेर उम्सा पस्ने।
५:-बिज्ञ डाक्टरको सल्लाह बमोजिम मात्र औषधि सेबन गर्ने अन्यथा जथाभावी औषधी सेवन नगर्ने।नगराउने।
६:-शरीरमा पानीको मात्रा कम हुन नदिन प्रयाप्त मात्रामा तातो पानी प्युने।
७:-संभव भएमा लोकल कुखुराको झोल र खसीका खुट्टाको झोल खाने अन्यथा रातो मासु ब्रोइलर कुखुराको मासु नखाने।
८:-फिरिजमा राखेका पेयपदर्थ कोकाकोला,फेन्टा,फ्रुटी,अन्य जुस बियरहरु बिल्कुलै सेवन नगर्ने ।
९:-फलफुलहरुमा -अनार र सलादमा -गाजर बाहेक अन्य चिसो हुने फलफुल नखाने।
9:-खाना खान मन नलागेपनी पटक -पटक गरेर अन्य समयमा खाने खानाको मात्रा नघाटाउने।
१०:-खानामा अनिवार्य मात्रामा हरेकबार खानाचार-अन्न ,गेडागुडी ,(दूध दहि,माछामासु)मध्य एक र हरिया सागपात अनिवार्य समाबेश गर्ने।
यसका साथै माया, साथ,सहयोग र हौसला दिने आत्मबल बढाउन सहयोग गर्ने यो नै खोरोनाको मुख्य औषधी हो।यतिखेर कोरोनासग हारेकालाइ होइन कोरोना जित्न सफल भएका लाई हेरौं त्यहाँ नै नयाँ जीवन छ।ब्युझना पुन देवकोटा
कार्यालय प्रमुख
महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.
मुसिकोट कार्यलय रुकुम (पश्चिम )
दियो खबर । ४ जेष्ठ २०७८, मंगलवार १६:३६