कविता-किन सरकार

रोग र भोकले त्रसित जनता,सरकारलाई सान भएको छ(२) लास हेर्ने फुर्सद छैन उसलाई कुर्सीको अडान भएको छ (२) तिमिलाई नेताको जन्म दिने ती गरिबका अगाडि हि हि गर्दै हास्न सक्छौ कसरी तिमी ?ती चीत्कार नसुनी ! जवकी जिवनका निम्ति मृत्युसङ्ग घमासान भएको छ (२) राम्रो उपचार ब्यवस्था त कता हो कता अक्सिजन सम्म छैन तर त्यो पर्दैन भन्दैछ सरकार छि छि! मान्छे मार्ने बृहत उद्धम यहा जानाजान भएको छ (२)
ब्यवस्थित सैया,औसधिउपचार यथेष्ट हुनुपर्ने तर खोइ ?
एकचौथाई पनि भएन भन्छन् बिज्ञहरु !
एक अनार सय बिमार यहाँ कठै तानातान भएको छ(२)
लौन हो सरकार अरु केही चाहिदैन , मात्र बाच्न देउ भन्दैछन् जनता ,कानको ढोका थुन्दैछौ किन?
जनताका आँसु र नेताका भासण बीच हानाहान भएको छ(२) लोकलाई पर्दा ढाल बनेर खडा हुनुपर्ने सरकार खोइ? असिनाले टाउको फुटायो तर ओत पाएनन् निमुखाहरु! जनताका निम्ति अविसाप सरकार आफुलाई मात्र बरदान भएको छ (२) गाँस ,बास, कपासका निम्ति रुनु परेका जनता ,ससक्त खोप, औसधिको के आस गर्नु? महामारीका बिचमा पनि घोटाला तिमिलाई आसान भएको छ(२) आवश्यकता एकातिर तिम्रा माग अर्कोतिर ,खोप होइन भोट र मान्छे किन्नैमा तल्लीन तिमी किन ? जनताका बिलाप र चीत्कार तिमिलाई सुनसान भएको छ (२) देश र जनता रोइरहेका छ्न ,तिमिलाई मीठो निदरी चलेको होला ,खोइ कसरि समालिने निमुखाहरु ?? जनताप्रती सरकार सरासर बेइमान भएको छ(२)
उमा बिश्वकर्मा तानसेन -५-धरमपानी-पाल्पा

तपाईको प्रतिक्रिया