कविता-काेराेनाकाे कहर

काेराेनाकाे कहर जगमा बास हाम्रो घरैमा ,
हाैंला राेगि मनमन भनी त्रास छायाे सबैमा ।

काला,गाेरा सब जनकहाँ ब्याप्त राेगि छिनैमा ,
खायाे ज्यानै मनुजहरुकाे भित्रभित्रै कुनामा ।

जन्म्याे,हुर्कयाे सहर चिनकाे नाश पारि वुहान ,
दन्क्याे आगाे दनदन भई ईटलि ओै ईरान ।

माहामारि जगतभरमा राेग साझा सबैकाे ,
बाबाआमा सकस सबमा शाेक ताजा पिडाकाे ।

लालाबाला सकस घरमा पाठशाला खुलेन ,
गाडि,ट्याक्सि जलथल सबै कामकाजै चलेन ।

खाध्यन्नै जाे-नियमित नभै मूल्य लाग्याे उकालाे ,
उद्योग धन्दा अचल भई अर्थतन्त्रै ओरालाे ।

घेरा हालि वरपर सबै आउँदामा काेभिड ,
लागाै जागाै धन मन छरि भाइ,बन्धुबान्धव ।

धाेओैं हातै हरबखतमा फिंजै पानिमिचेर ,
खाओैैंखाना तरह तरहका पाेषिला चै चिनेर ।

दिर्घै राेगि वरपर बसि ख्याल राखाै बिचारि ,
ज्वरो आयाे थरथर भने भाइ हाै हाेसियारि ।

गाेरखालि हाै समर जित्ने छैन राेगि भनेर ,
नातागाेता नजिक भिडमा जान हुन्न भुलेर ।

हल्ला खल्ला सहरभरका व्यर्थमानै सुनेर ,
चिन्ता मानि छट्पट गरि राेग लाग्याे भनेर ।

सुत्दा उठ्दा बकबक गरि पाेष्ट हाल्दा कसैले ,
हामी सारा बिचलित नभै धैर्य राखाै सबैले ।
धन्यवाद !
प्रकाश बराल (आसु )

तपाईको प्रतिक्रिया