मणिराम चौलागाईं
राष्ट्र निर्माण गर्नको लागि असल चरित्रवान,नितिवान, क्षमतावान, ब्यक्तिको आवस्यकता हुन्छ । कुनै पनि राष्ट्र बलियो बनाउन त्यस देशको शिक्षा स्वास्थ्य न्यायालय मा जब सम्म असल ब्यक्ति पुग्न सक्दैन तब सम्म त्यो देश निर्माण हुन सक्दैन । आज हामी एउटा सुन्द सान्त र समृद राष्ट्र निर्माण गर्ने एउटा लक्षमा छौ । देशको राजनीति अबस्था देशको शैक्षिक अबस्था प्रशासनिक अबस्था सुरक्षा सबै बिषयलाई लिएर नेपाली सामाज चिन्तित छ सबैलाई चिन्ता लागिरहेको छ देश बिग्रीयो सामाज बिग्रीयो देशका राजनितीक दलहरूले केही गर्न सकेनन् प्रशासन क्षेत्रमा भ्रष्टाचार मौलायो घुषखोरी मौलयो शिक्षा क्षेत्रमा गुण्डागर्दी बड्यो अराजकता बड्यो शिक्षा क्षेत्रमा दलिय राजनीति र हस्तक्षेप भयो भनेर सबै नेपाली लाई चिन्ता छ । आज मेरा समाजका युवाहरू बिग्रे कुलतमा फसे गलत बाटोमा लागे भनेर सबैलाई चिन्ता छ । हाम्रै समाजका दिदिबहिनी हरु सुरक्षित हुन सकिरहेका छैनन् चेलीबेटीहरु माथी आक्रमण भै राखेको छ बलात्कार हत्याको घटनाहरु बढिरहेको छ त्यो पनि हामी सबैलाई चिन्ता नै छ । आज विभिन्न काम गर्ने नाममा सामाजिक सेवा गर्ने नाममा हजारौं संघ-संस्थाहरुले काहीं न कहिँ गलत कम गरिरहेका छ्न गलत प्रबिधि लिएर समाजमा भित्री रहेका छ्न यो पनि सबैलाई चिन्ता नै छ । आज राजनीतिक दलहरूलाई हामी सबैले गाली गरि राखेका छौ । यी सबै समस्याको चिन्ता गरिरहेका छौ । अब नेपालका युवाहरुले चिन्ता मात्र गरेर भएन सबै विषयको समाधान तर्फ लाग्यौं भने मात्र यो देश नेपाल विश्वको आदर्श राष्ट्र बन्ने वाला छ । मलाई लाग्छ शिक्षा क्षेत्रलाई हेर्ने हो भने समाज र राष्ट्रको लागि आवस्यक पर्ने जन शक्ति निर्माण गर्ने समाज र राष्ट्रको हरेक सामर्थ्यमा पुर्याउने ब्यक्ति निर्माण गर्ने शिक्षा क्षेत्र दलिय राजनीतिको अत्यन्त चरम कडिमा परि राखेको छ यदि हामीले समाज र राष्ट्रलाई परिवर्तन गर्नु छ भने सुन्दर र सान्त एवं शुखी नेपाली समृद नेपाल बनाउनुछ भने पहिला हामीले हाम्रो देशको शिक्षा क्षेत्रलाई परिवर्तन गर्न जरुरत छ । यो देशका जम्मै युवाहरुलाई चरीत्रवान, नैतिकवान,क्षमतावान,र ईमानदार बनाउने उनिहरुमा समाज र राष्ट्र परिवर्तन गर्ने एउटा असल दृष्टिकोण दिन जरुरत छ । जब तपाई हामी सबै बर्ग तपाई हामी सबै तह र तप्कामा रहेका ब्यक्तिहरु एउटा दलिय राजनीतिक दृष्टिकोण बाट माथी उठेर दलिय राजनीतिको सिद्धान्त बाट माथी उठेर समाज र देशको मातृ भूमिको विचार लाई लिएर यो देशका आदर्श पुरुष राम,जनक,सीता,गौतम बुद्ध पृथ्वीनारायण शाह योगि नरहरिनाथका ती आदर्श वाक्य हरुलाई ती आदर्श बिचार हरुलाई लिएर जब हामी समाज र राष्ट्र प्रथम मानेर कार्य गर्न थाल्द छौ । तब मात्र यो देश विश्वको आदर्श राष्ट्र भएको देख्न पाउने छौ ।
दियो खबर । ३० भाद्र २०७७, मंगलवार १२:२७