गजल-जिन्दगी

रुने बहाना हुन्छ भनी जिन्दगीभर राखेको छु ।
मैले जानाजान आँखामा कसिङ्गर राखेको छु ।

समयले जिस्काउँदै भन्यो कति लाचार छस तँ,
मैले पनि त समय तेरो हरेक खबर राखेको छु ।

बा गाउँकै झुपडीमा जीवन बिताइरहेका छन,
अरे राख्न त मैले पनि शहरमै घर राखेको छु ।

हो यमराज! म यो जिबनदेखी उहिल्यै थाकेको हुँ,
आँखामा आमाका सबै अधुरा रहर राखेको छु ।

जिन्दगी! एकछिन आराम गर्न त दे यी आँखालाई,
आमाको सिङ्गो जीवन चितामा भर्खर राखेको छु ।

मदराज शाही
खाँडाचक्र नगरपालिका ३ ताडी कालिकोट ।

तपाईको प्रतिक्रिया