कोभिड-१९: भ्रम र यथार्थ प्रेमबहादुर सिंह

चीनको वुहान शहरबाट शुरू भएको कोभिड-१९(corona virus disease-19:कोरेना भाइरस रोग-१९) विश्वव्यापी महामारीको रूपमा फैलिएको छ।आजसम्म विश्वका २१३ देश तथा आश्रित क्षेत्रहरू र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा संक्रमण फैलिएको छ।समग्र वश्व कोभिड-१९ महामारीको चपेटामा आएको छ।आजसम्म कोभिड-१९ बाट २,९१,८३,१६६ जना संक्रमित भएका मध्य ९,२८,२८५(३.२%) जनाको मृत्यु हुनुको साथै २,१०,२७,५७४(७२%) जना निको भैसकेका छन्।उपचाररत रहेका ७२,२७,३०७(२४.७६%) जनामध्ये ७१,६६,८२३(९९%) जनाको अवस्था सामान्य रहेको छ भने ६०,४८४(१%) जनाको अवस्था गम्भिर रहेको छ।मृत्यु भएका अधिकांश विरामीहरू बृध्द-बृध्दा अवस्थाका र दीर्घरोगी रहेका छन्।कोभिड-१९ एक सरूवा रोग हो।यस अघि विश्वमा फैलिएका प्लेग, कालो मृत्यु, स्पेनिश फ्लु, विफर, हैजा, इबेला, सार्स, मर्स जस्ता महामारीको तुलनामा कोभिड-१९ को मृत्युदर ज्यादै कम छ।(यसबारे विस्तृत जानकारीको लागी लेखकद्वारा लिखित महामारीको इतिहास: आदिम देखि आधुनिक युगसम्म हेर्नुहोस्)कोभिड-१९ संक्रमित संख्या, निको भएको, उपचाररत र मृत्यु भएको संख्या र प्रतिशत हेर्दा यो तथ्य प्रमाणित हुन्छ।कोभिड-१९ को मृत्युदर सबै ठाउमा एकनास छैन।महादेश र देशैपिच्छे मृत्युदर फरक-फरक छ।आजसम्मको तथ्यांक हेर्दा विश्वमा सरदर मृतियुदर ३.२%, सार्कदेशहरूमा मृत्युदर १.३% र नेपालमा मृत्युदर ०.६% रहेको छ।विश्वका २४ वटा देश/आश्रित क्षेत्रहरूमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन,११ वटा देश/आश्रित क्षेत्रहरूकोरोनाबाट पूर्णरूपमा मुक्त भएका छन् भने १९ वटा गेश/आश्रित क्षेत्रहरूमा ९५% भन्दा बढी निको भैसकेका छन्।कोभिड-१९ एक सरूवा रोग हो र यो विश्वव्यापी महामारीको रूपमा फैलिएको आजको यथार्थ हो कोभिड-१९ बाट संक्रमित हुदैमा मरिन्छ भन्ने मनोविज्ञान र आतंकबाट मुक्त हुनु नितान्त जरूरी छ।उच्च सतर्कता र उच्च मनोवलका साथ कोरोना बिरूध्दको लडाईमा बिजय हाॅसिल गर्न सकिन्छ। विश्वमा कोभिड-१९ लाई अतिरन्जित गर्ने वा अवमुल्यन गर्ने दुई प्रवृति देखा परेको छ।कोभिड-१९ लाईअतिरन्जित गर्दै साधन-स्रोत र सत्ताको दुरूपयोग गर्ने प्रवृति एकातिर छ भने कोभिड-१९ केही पनि होइन भनेर अवमुल्यन गर्ने गैरदिम्मेवार प्रवृति अर्कोतिर छ।यि दुबै प्रवृति नितान्त गलत छन्।यि दुई प्रवृतिबाट ग्रसित देशहरूमा कोभिड -१९ महामारामा जनताले ठूलो क्षति ब्यहोर्नुपरेको तितो यथार्थ सबैको सामु छर्लंग छ।यि दुई प्रृतिबाट मुक्त भएर कोभिड -१९ को सही पहिचान र निदानको उपयुक्त मार्ग अवलम्वन गरेका देश/आश्रित क्षेत्रहरूले कोभिड-१९ बिरूध्दको लडाईमा उदाहरणीय सफलता हाॅलिल गरि रह्का थन्।कोभिड-१९ बिरूध्दको लडाईमा आम नागरिरले स्वास्थका मापदण्ड अवलम्वन गर्न्,उच्च सतर्कता कायम गर्ने , कथंकदाचित कोरोना संक्रमित भैहालेमा उच्च मनोवलकासाथ सामना गर्ने र सरकार जनताको स्वास्थ्यप्रति संबेदनशील र जिम्मेवार हुने हो भने कोभिड-१९ बिरूध्दको लडाई सजिलै जित्न सकिन्छ।यसैले स्वास्थ्यका मापदण्ड पालन गरौॅ,उच्च सतर्कता कायम गर्दै उच्त मनोवलकासाथकोभिड-१९ को सामना गरौॅ।आफु पनि बचौॅ र अरूलाई पनि बचाऔॅ मानबजातिको जित सुनिश्चित छ।

तपाईको प्रतिक्रिया