प्रथम कालिका गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने

शोभा तामाङ। मदन भन्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरकमिटी को आयोजनामा “प्रथम कालिका गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता” हुने भएको छ। नयाँ वर्षलाई लक्षित गरि बैशाख १ गते बाट फुटबल प्रतियोगिता हुन लागेको हो।

युवाहरुलाई खेलकुदमा अाभिप्रेरीत गर्न र नयाँ खेलाडी उत्पादन गर्ने सोचले सो प्रतियोगिता गर्न लागिएको मदन भन्डारी स्पोर्ट्स एमेडेमी कालिकाको अध्यक्ष पुर्ण चौधरीले(निशान) बताएका छन्। कालिका ब्याङ्क्वेट खोलेसिमलमा आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनलेे खेलले मनोरञ्जन दिनुको साथै स्वास्थ्य पनि राम्रो हुने उल्लेख गर्दै नयाँ पुस्तामा भएको खेल प्रेमलाई जागरुक गर्न लागिएको बताए।

यस प्रतियोगिताको प्रथम पुरस्कार रु १,११,१११ र द्वतिय पुरस्कार रु ५५,५५५ रहेको छ। साथै उत्कृष्ट खेलाडीलाई आकर्षक साइकल र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष चाैधरीले बताएका छन्।

तपाईको प्रतिक्रिया