बिश्वको प्रदुषित शहर बन्दै काठमाडौ

सागर साउद।बिश्वको नम्बर एक प्रदुषित काठमाडौ हामी जिबित रहन र स्वास्थ्य लाई तन्दुरुस्त राख्नका लागि शुद्द र सफा हावा अतिनै अत्यावश्यक छ। बाताबरण सन्तुलन राख्नको लागि र हामी पनि स्वास्थ्य हुनका लागि करिब ४४% भुमी बन जङ्गल ले ढाकेको हुनुपर्छ तर हाल नेपालमा भने २१% मात्र भुमी बन जङ्गलले ढाकेको छ।त्यसैले पनि सहजै अनुमान लगाउन सकिन्छ कि  नेपालमा बन जङ्गल फडानिको कारण बाताबरण प्रतिकुल र अक्सिजन कम हुँदै गैरहेको छ।
अर्को कुरा:सवारी साधनबाट निस्कने धुवाले वायु प्रदुषणको समस्या सहरी क्षेत्रमा बिशेश गरि काठमाडौ सहरमा दिनप्रतिदिन बढ्दैछ, काठमाडौ धुवा र बढ्दो सवारी साधनका कारण प्रदुषणका हिसाबले हालै बिश्वको पहिलो नम्बरमा गनिएको छ।
एउटा सवारि साधनले मात्र एक टन पेट्रोल खपत गरे संगै करिब करिब ७५० के जि धुवाको रुपमा बिषालु ग्यास फ्याक्छ, त्यसैले वायु प्रदुषण नियन्त्रण गर्न पहिला मानव निर्मित स्रोत साधन नियन्त्रण गर्नु पर्छ।
प्रदुषण कसरी कम गर्न सकिन्छ त?
-ब्यबस्थित सहरिकरणको बिकास गर्नु पर्छ,प्लास्टिक र धुवाजन्य पदार्थहरु जलाउनु हुन्न सकिन्छ पुन प्रयोगमा ल्याउनु पर्छ।
-पुराना सवारी साधन नियन्त्रणमा लिनु पर्छ
-सडक खोलानाला आदिमा फोहोर मैला फाल्न प्रतिबन्ध लगाउनु पर्छ
-ढल निकासको उचित ब्यबस्थापन गर्नु पर्छ।
र ब्यक्तिगत सुरक्षाको लागि पराबैजनी किरणबाट जोगिए मात्र पनि वायु प्रदुषण कम गर्न मदत पुग्न सक्छ।

तपाईको प्रतिक्रिया