मुक्तक

तक्दिरमा थोरै जीत थोरै हार बोकेर।
यो बोझिलो जिन्दगीको भार बोकेर ।
बाँच्नु पनि एक अपराध हो जस्तो लाग्छ
रित्तो खल्ती अनि सपना हजार बोकेर ।।
२.
सबैबाट लुटिएको माया बन्दैछु म ।
आधार नै नभएको छायाँ बन्दैछु म ।
मृगतृष्णा जस्तैगरी पानीको लालसामा
अस्तित्व नै हराएको साया बन्दैछु म ।।

३.
काउकुती लाग्छ अझै त्यो रात सम्झिंदा ।
पिरतिको मन्द मन्द मात सम्झिंदा ।
साँचो मनले आफुलाइ समर्पण गर्ने
एक अर्का प्रतिको त्यो चाहात सम्झिंदा ।।

मदराज शाहि (बिबश अकेला)

खाँडाचक्र नगरपालिका ३ताडि कालिकोट

तपाईको प्रतिक्रिया