कालिकोटमा भलिबल प्रतियोगिता हुँदै,भाग लिने पालिकाहरुले २०गतेसम्म टिम दर्ता गराई सक्नुपर्ने

तुलराज पाण्डे । कालिकोटमा भलिबल प्रतियोगिता हुने भएको छ । आगामी चैत२१ मा कालिकोट जिल्लामा कर्णाली जेसिज कप अन्तर्गत खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
सर्वाधिक पुरस्कार राशीको जिल्ला भलिबल प्रतियोगितामा भाग लिन चाहाने गाउँपालिका ,नगरपालिकाहरुले यहि चैत२० गतेसम्म कर्णाली जेसिज शाखा कालिकोट मा टिम दर्ता गराई सक्नु पर्ने कर्णाली जेसिज शाखा कालिकोटका अध्यक्ष लक्ष्मण कुमार शाहीले जानकारी दिए ।
टिम दर्ताका लागि ३ हजार शुल्क तोकिएको छ ।
प्रथम स्थान प्राप्त गर्ने लाई पुरस्कार स्वरुप ६१ हजार१ सयएकचालीस नगद सहित,कप मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगितामा द्वितिय स्थान प्राप्त गर्ने लाई पुरस्कार स्वरुप ४१ हजार १सय एकचालीस नगद सहित,कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ र तृतीय स्थान प्राप्त गर्ने लाई ३१ हजार १सय३१ रुपैयाँ नगद सहित,कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।टिम दर्ता को लागि सम्पर्क व्यक्ति कार्यक्रम संयोजक हरि प्रसाद पाण्डे ,खेलकुद संयोजक धिरज शाही लाई सम्पर्क गर्न अनुरोध पनि गरिएको छ।९८४३५६४०७४,९८६९८७१६७०,९८४८३५८०५२

 

तपाईको प्रतिक्रिया