मुक्तक

सम्झिँदै जाँदा आफ्नै घाँटी यो अबरुद्ध हुन्छ।
साँझ परेसँगै मन र मुटुबीच भीषण युद्ध हुन्छ ।
हर रात कारागार जस्तै भएर आउँछ नि जब
लाग्छ त्यो बेला आफ्नै मुटु आफै विरुद्ध हुन्छ।।

माया भन्नू पनि अचेल भ्रम जस्तै लाग्छ
त्यसैले होला सायद मनमा वितृष्णा जाग्छ।
एकदिन तिमीले पनि पक्कै अनुभुति गर्नेछौ
जब आफ्नै मुटु नै आफैबाट टा~ढा भाग्छ।।

पीडामा राहत पाएनौं भनी गुनासो गर्नुपर्ने
सान्त्वना दिन आएनौं भनी गुनासो गर्नुपर्ने ।
भोट माग्दा त खुट्टा सम्म ढोग्ने नेतालाई
बिपत्तिमा किन राएनौं भनी गुनासो गर्नुपर्ने।।
राम बहादुर परियार

तपाईको प्रतिक्रिया