गजल -विमला ‘विकिरण ”

यस्तै-यस्तै रहेछ जानियो,भोगियो,पिरती पुग्यो
बितेका कुरा सम्झेर नदुख न,ए जिन्दगी पुग्यो!

केही भविष्यका योजना, केही मिठो प्रेम लेखेर
दोश्रो विवाहको दिन,पुर्व श्रीमानको चिठी पुग्यो

उच्चस्तरीय साथ सहयोग,भनेको यहि हो मित्र,
मैले मुस्किलले टालेको ठाउँमा तिम्रो कैची पुग्यो

समय तैंले पछारिस्,उठ्नै दिईनस् जिन्दगीलाई
अब त मेरै हालतमा छोडिदे,तेरो मनोमानी पुग्यो

अर्कैलाई दिए उपहार हो, नदिए पैरिन मिल्दैन,
विधुवालाई रातो सारी,रातै टिका,कोसेली पुग्यो                          विमला पोखरेल ‘विकिरण ”
महावै गाउँ पालिका कालिकोट

तपाईको प्रतिक्रिया