पुजीवादी चिन्तन बोकेका नवधनाड्यहरु ले राजनिती पेशा बनाए

पुजीवादी चिन्तन बोकेका नवधनाड्यहरु ले राजनिती पेशा बनाए
नयाँ नेपाल निर्माण गर्ने क्रान्तिकारी महान अभिभारा सहित २०५ २सालमा तत्कालीन नेपाल कम्युनिस्ट पाटी माओवादी को नेतृत्व मा शशस्त्र जनयुद्ध को थालनि भयो । गाउँगाउँ मा आधार इलाकाहरु को निर्माण , जनसेना निर्माण र परिचालन गर्दै राज्यसत्ता को प्राप्ती ” बन्दुक को नालबाट ” हुन्छ भन्ने क. माओ को सिद्धान्त लाई आत्मसात गरि तत्कालीन निरङकुस राज्यसत्ता का विरुद्ध को मुक्ती आन्दोलन सफल पनि भयो । राजतन्त्र गणतन्त्र मा रुपान्तरण भयो । संघियता , धर्मनिरपेक्षता , समानुपातिक समाबेसिता जस्ता ऐतिहासिक उपलब्धी हरु हासिल पनि भय । विभिन्न संक्रमण काल हरु पार गर्दै देस मा नयाँ संविधान बन्यो , विभिन्न तहाका निर्वाचन हरु पनि सम्पन्न भय । तर चुनाव मा राजनितिक दल हरु ले देखायको सपना अझसम्म पनि पूरा भयको छैन । पार्टी का मुखपत्र , घोषणा पत्र मा बोलियका कुराहरु चुनाव जितेपछी दराज भित्र बन्द गरिय । हिजो गरिब , निमुखा , सर्बहारा का लागि लड्छौ भन्ने हरु पद , पावर र पैसा का लागि लडिरहेका छन् । लालबस्ती का झुपडिहरु बाट गुन्जिने दुख , भोक , गरिबी र पीडा का चीत्कार हरु उस्तै छन् । जसले चुनाब जिते उनिहरु को त जिबनस्तर परिबर्तन भयो तर ती मजदुर , किसान बर्ग जो छाक टार्न का लागि मात्र पनि कडा मिहिनेत गर्छ्न् , परिश्रम गर्छन् के तिनिहरु को जीवन मा कुनै परिबर्तन भयो त?
आमजनमानस मा राजनिती प्रती बितृस्णा पैदा भयको छ । राजनीति जनताका लागि गरिने सेवा हो तर पुजिबादी चिन्तन बोकेका नवधनाड्य यसलाइ पेशा बनाय , पैसा कमाउने श्रोत बनाय ।
राजनितिमा देखियको यो गलत संस्कार को अन्त्य का लागि युबा बिद्यार्थी साथिहरु समयमै सचेत हुन जरुरी छ । हरेक क्षत्रमा देखा परेको खुलेआम लुटतन्त्र , शोषण , भ्रष्टाचार , बिधमान गरिबी र राजिनितिक कुसंस्कार लाई निमिट्यान्न पार्न सबै विद्यार्थी हरु सक्रिय र एकजुट भयर लागौ । अभिवाादन।।
नवीन हमाल

तपाईको प्रतिक्रिया