कविता-पहिलो प्रेम ?

“सबैको नजर बसेपछी
दिल बस्छ साईली
अपसोच
मेरो त दिल बसे पछि
नजर बसेको हो तिमिसंग ,

बिहीवारे हटियामा भेटेरै
दिएका थियौ तिमिले
आफ्नै हातले बुनेको
गलबन्दी र एक टुक्रा कागज
जहाँ भरिएका थिए
तिम्रो निस्चल प्रेम ,

बनाउन नआएपछि
पानपाते बुट्टा ,
भनेकी थियौ
म चित्रकार होइन
म प्रेमिका हु
बस तिमिलाई प्रेम गर्छु

याद छ नि साईलि
,मलाई परिस्थितिले
केही दुर बनाउदै गर्दा
कोरेकी थियौ जबर्जस्त
एउटा पत्र
जहाँ छापेकि थियौ पुरै पाना भरी
आफ्नै पानपाते ओठको
लिपिस्टिक वाला बुट्टा
र भनेकी थियौ यहि हो
हाम्रो मायाको निशानी ,

प्रिय साईली,
प्रेमको मौसम आईरहन्छ
तिम्रो यादले सताईरहन्छ
अनि खोल्छु , बन्द बाकस
र पल्टाउछु तिम्रो पत्र
मलाई हरेक दिन 14 फेब्रुअरी लाग्छ

कवि :- रामसरण लामिछाने ‘इतिहास’
नुवाकोट -05- बेलकोटगढी नपा ।

तपाईको प्रतिक्रिया