कम्युनिस्ट भित्रका कमाउनिस्ट।

मेरो बिचरमा समाजवादी ,ब्यवस्थामा आर्थिक सामाजिक , सांस्कृतिक बर्णको दृष्टिले समवर्गी ठहरिने ब्याक्ती हरुको सामुहिक थलो अर्थात सामाजिक समुदाय स्वयंमले आफ्नु काम अफै गर्ने अरुमा निर्भर नहुने र आफू स्वयमले मेहनत गरि आफू सन्तुष्ट बन्ने हरेक ब्यक्तिलाई उसको सरोकार र आवस्यकता अनुसार उपभोगका सामाग्री वितरण गर्न सकिने सिद्धान्तमा बिश्वास राख्ने कार्लमार्क्स ,फ्रेडरिक एङ्गेल्स, लेलिन दारा प्रतिपादित राजनीतिक तथा आर्थिक सिद्धान्त माक्र्सवाद , साम्यवाद को जनपद नै कम्युनिस्ट पार्टी हो। हाम्रो नेपाल मा रहेका कम्युनिस्ट हरु त ठिक बिपरित छन त्यसैले त कम्युनिस्ट सिद्धान्त को बदनाम यहि कम्युनिस्ट हौ भनी खोल अडेका कमाउनिस्ट हरुले गरेको देखिन्छ बाहिर कम्युनिस्ट हौ देश र जनता को हित को लागि काम गर्छौ भन्ने भित्र भित्रै आफ्नो दुनो सोझ्याउने र जति सकिन्छ सम्पती कुम्ल्याउन निरन्तर भ्रष्टाचार र घुसखोरी गरि अरबौ का मालिक बन्ने सपना बोकेका कमाउनिस्ट ले सिङ्गो बिश्वका कम्युनिस्ट पार्टी को बदनाम गरेका छन । नेपालमा त कम्युनिस्ट सिद्धान्त पनि ब्याक्ति अनुसार फरकफरक पाउने गरेको छु । म कम्युनिस्ट हु भन्दै जनता को जनमत भन्दा अगाडि धन देख्ने जहाँ बाट पनि धन कुम्ल्याउन खोज्ने अनेक संघ सस्था खोली जनता लाई भ्रममा पारी आएको सेवा सुबिधा आफु लिने हरेक ठाउँ बाट वा नेता कर्मचारी को चाकडी गरि आफू बन्न खोज्ने र जनता लाई भ्रममा पर्ने पारिवारिक ऐसआराम गर्ने अनि आफू कुशल कम्युनिस्ट भन्दै हिडने समाजमा आन्तरिक दन्द गर्न उहि पुराना तानाशाह हरु ले भएका केही जो कम्युनिस्ट सिद्धान्त मा आधारित रहि देश र जन्ताको लागि आफू निरन्तर लागिरहने कुनै मन्त्री को अथवा नेतृत्व को गुलामी नगर्ने आफ्नो इमान इज्जत र मर्यादामा अडिग रहि दिनरात मेहनत गरि आफ्नो परिवार लाई सामान्यतया हातमुख जोर्ने अवस्था र सामन्य गाँउले जीवन र जनस्तर अनुसार को जिवनसैली जीवन यापन गरेर जनताको मन मुटु बस्न सफल ,जनप्रिय ,जनताको जनमत ल्याउन सक्ने कुनै ठेक्कापट्टा र समिति बाट जन्ताको श्रम शोषण नगर्ने जनता को हितको लागि निरन्तर खटने त्यस्ता ब्यक्ति हरु लाई पनि कम्युनिस्ट हौ भनेर हिन्न समेत लाज लाउने बनाएका छन । शोषक सामन्ती र उहिले देखि गरिब जनता को पसिना चुस्न पल्केका महासेट र ठुला ठेक्कापट्टाका ठेकदार र जनमत कम भएको आफ्नु श्रिमति को पनि अबिस्वास्निय पात्र केन्द्र प्रदेश र सस्थानिय स्थर मा बिनियोजित बजेट पार्टी को आडमा आफू लिने र आफू निकट को मान्छेलाई दिएर कमिसन लिने र पार्टी आड र दम्भ लिएर जनता लाई धम्काउने जस्ता प्रवृत्तिका मान्छे लाई उच्च नेतृत्वमा लिदा देशको सिङ्गो कम्युनिस्ट पार्टी को आफ्नो सिद्धान्त माथी दाग लाउने काम भएको छ । नेकपा को केन्द्र प्रदेश र स्थानीय स्तरले केही प्रतिशत मात्र देशको र जनता को लागि मरिहत्ते गर्ने नेतृत्व पाएका छन । यस्ता भ्रष्ट घुसखोरी दलाल र चाकरी वाला हरु लाई सिङ्गो नेकपा ले निगरानी मा राखी आवश्यक कारबाही गरि इमानदार र लगनशील कर्याकर्ता लाई उच्च नेतृत्व मा लिएर सहि मुल्यांकन गर्न सकिएन भने हाम्रो देश र सत्ता अझै उहीँ शोषक सामान्त र दलाल हरुको हातमा हुने र देश को उन्नति अझै पछि धकेलिने छ त्यसैले देशमा सम्पुर्ण कम्युनिस्ट एक भएर कम्युनिस्ट भित्रका पनि कमाउनिस्ट हरु लाई पाखा लगाई कर्मठ जनताको सेवामा निरन्तर लागिरहने जनप्रिय ब्याक्तित्व लाई प्रोत्साहन गरि अगाडी बढाउन सक्यौं भने मात्रै देश सहि दिशा र बिकाससिल मार्ग मा अगाडि लम्किने छ।अभिवादन
राजन अधिकारी

तपाईको प्रतिक्रिया