गजल

हामी गरिबलाई मात्रै दुरदराज लाग्छ दुनियाँ लाग्छ॥
चिसो लाग्यो बाबू फाटेको सिरकमा उपियाँ लाग्छ॥

मैले बालबच्चा पालन पोषण गर्ने आधार भेटाउछु
मालिक हजुरको जग्गामा जब मेरो अधियाँ लाग्छ॥

तपाई लाई सलाद नपुग्दा पनि खाना रुच्दैन होला
साहेब मेरो आहारमा चामल कम बडी बियाँ लाग्छ॥

बा ले पेट पाल्नकै निम्ति आफ्नो मृगौला बेच्नुभो
महोदय मलाई सबै भन्दा ठुलो मात्रै रुपियाँ लाग्छ॥

तिमी आयौ जिन्दगीमा मोतिको जलप झैँ लाग्यो॥
लाग्थ्यो कुन दिनबाट यो जिन्दगीमा खियाँ लाग्छ॥

सावित्री पाण्डे (स्वप्रिल )….✍️

तपाईको प्रतिक्रिया