नेपाल केम्पो खुकुरी मार्सल आर्टस् संघ विशुद्ध खेलकुद संस्था होःअध्यक्ष पाण्डे

काठमाडौं – नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघले एक विज्ञप्ति जारी गर्दै संघलाई राजनीतिकरण नगर्न अनुरोध गरेको छ । विशुद्ध खेलकूदसँग मात्र सम्बन्ध राखेको संघलाई पछिल्ला केही दिनमा केही व्यक्तिहरुले राजनीतिकरण गर्न खोज्नु अवाञ्छित भएकोले वर्तमान राजनीतिक अवस्थाले संघलाई कुनै नकारात्मक असर नपर्ने पनि संघका अध्यक्ष पूर्ण पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा, वर्तमान राजनीतिक तरलताको अवस्थामा संघका केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थलाई मध्यनजर गर्दै संघलाई बद्नाम गराउने कार्य गर्ने गरिएको सुनिएकोमा त्यसको भत्र्सना गर्दै संघ विशुद्ध रुपमा खेल र खेलाडीमा सम्बन्धित रही नियमित गतिविधि अगाडि बढाइरहन समेत आग्रह गरिएको छ ।

विज्ञप्तिः
आदरणीय नेपाल केम्पो खुकुरी मार्शल आट्र्स संघका केन्द्रीय पदाधिकारी सदस्यज्युहरु, प्रदेश र जिल्ला संघका पदाधिकारी सदस्यज्युहरु, संघमा आबद्ध प्रशिक्षक तथा खेलाडि साथीहरु, खेलप्रेमि महानुभाबहरुमा जानकारी गराउन चाहान्छौ संघ कुनै पनि राजनितिक दलको भातृ संस्था एवम् संगठन हैन । हामि नेपाल केम्पो खुकुरि मार्शल आट्र्स संघको विधान, निति नियम अनुसार खेलक्षेत्र र खेलाडि को पक्षमा यस खेलको विकासमा सधै निरन्तर लागि परेका छौ र लागि रहने छौ । वर्तमान सन्दर्भमा नेपालि राजनितिक तरल अवस्थाको फाइदा लिनै संघ लाइ कुनै न कुनै माध्यम बाट केहि व्यक्तिहरुले बदनाम गराउन लागि परेको श्रोत मार्फत जानकारी प्राप्त भइ आएको हँुदा त्यस्ता कार्य तत्काल बन्द गर्न संबन्धित पक्ष लाइ बिज्ञप्ति मार्फत अनुरोध गर्दछौ । हालको नेपाली राजनितिक अवस्थाले संघ मा कुनै असर नपर्ने र संघ विशुद्ध खेल र खेलाडिसग सम्बन्धित रहि आफ्ना नियमित गतिबिधि अगाडि बढाउदै जाने समेत जिम्मेवार साथिहरुलाइ जानकारी गराउदछौ । अहिले सम्म हामिले बुझेको ब्यक्तिहरुको समुह संगठन हो संगठन मा बिभिन्न बिचार बोकेका ब्यक्तिहरु हुन सक्छन यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । आफ्नो बिचार बोकेर हिडन पाउनु पर्ने ब्यक्तिगत स्वतन्त्रता साथै ब्यक्तिको नैसर्गिक अधिकार पनि हो संघमा सबै खाले बिचार राख्नु हुने साथिहरु हुनुहुन्छ तर ब्यग्तिगत स्वार्थमा नलागि संघ भित्र प्रवेश गर्दा संघको जिम्मेवार ब्यक्तिले संघको विधि विधान अनुसार गतिबिधि गर्दै आइरहनु भएको छ आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुहुनेमा कुनै शंका छैन ।
आदरणीय संघको केन्द्र, प्रदेश र जिल्ला का पदाधिकारी सद्स्य साथिहरु, खेल प्रशिक्षक र खेलाडि साथीहरुलाइ खेल र खेलाडि को वृद्धि बिकासमा ढुक्क संग लाग्न र कुनै भ्रममा नपर्न समेत यसै बिज्ञप्ति मार्फत अनुरोध समेत गर्दछौ ।
पुर्ण पाण्डे
अध्यक्ष
नेपाल केम्पो खुकुरि मार्शल आर्टस सघ केन्द्रीय समिति, काठमाडौं

तपाईको प्रतिक्रिया