केहि समय बाँच्नेछु आफु ‘आफ्नो’ भएर,
त्यसपछि हरेक क्षण बाँच्नेछु ‘तिम्रो’ भएर
बग्दै छन् नुनिला आशुँ, उस्तै छ कर्णाली,
हामीलाई के दियो?सिंहदरबार ठुलो भएर
पर्खिएर बस्नु पानी बनेर स्वागतको लागि,
आउनेछु तिमीमा समाहित हुन आगो भएर
उसले आफु ठुलो ठानेर बस्न नमानेको हो
नअटेको होइन आमाको काख होचो भएर
जमिन नछोएरै कतिन्जेल सम्म बाँच्नुहोला
एकदिन त मिसिनु छ माटोमा, माटो भएर!
बिमला पोखरेल ‘ विकिरण ‘
महावै गाउँपालिका ,कालिकोट
दियो खबर । १४ माघ २०७७, बुधबार २०:०३