हुम्ला भाद्र २०
हुम्लाको सर्केगाड–७ ठूला गाउँका अग्नी पीडितलाई प्रदेश सरकारले राहत सामग्री पु¥याएको छ । सामाजिक विकास मन्त्री दल रावलको गृह जिल्ला समेत रहेको अग्नी पीडितलाई नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री पु¥याइएको हो ।आगलागी भएको चारदिन पछि मन्त्री रावलले स्थलगत अवलोकन समेत गरेकाP छन् । अग्नी पिडितहरुलाई प्रदेश सरकारसँगै भएकाले आगलागीबाट भएको क्षतीका बारेमा चिन्ता नमान्न आग्रह गरेका छन् ।
‘सुख र दुःखमा साथ दिनकै लागी हामीलाई तपाईहरुले अमूल्य भोट दिएर निर्वाचित गराएकाले तपाईको जस्तोसुकै समस्यामा पनि साथमै छौ, चिन्ता नमान्नु होला’ मन्त्री रावलले भने ।
मन्त्री रावलले त्रिपाल २० थान, कम्बल एकसय थान, म्याट ८० थान, हाइजिन किट २५ थान, प्लाष्टीक बाल्टी र जग २५÷२५ थान, भाडा सेट सात थान, चामल ४० बोरो, दाल एकसय केजी, नुन ५० केजी र कपडा ४६ थान लगेको सामाजिक मन्त्री रावलले जानकारी दिए ।
बुधबार साँझ स्थानीय जोखे जैशीको घरबाट शुरु भएको आगोले बामनबाडाका १५ घरमा क्षती भएको छ । तत्काल खान र बस्न समइा भएकाहरुका लागि स्थानीय सर्केघाड गाउँपालिकाले बिहिबार राहत प्रति घर १२ हजारको दरले राहत वितरण गरेको सर्केघाड १ का वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए ।
हुम्लाका अग्नी पीडितलाई खाद्यन्न पुर्याएर फर्किए मन्त्री रावल
तपाईको प्रतिक्रिया
दियो खबर । २० भाद्र २०७७, शनिबार १७:५१