गजल

धर्म सस्कृती रितिरिवाज थाहा छ जोगाउनु पर्छ ।
आमा जस्तै देशको माया छातिमा अटाउनु पर्छ ।।

ठिकै छ तिमिले प्रहार गरेको घाउ निको भएछ भने,
फेरि तिम्रै खातिर आँगनमा सुरक्षा दिन आउनु पर्छ ।।

किन बुझ्दैनौ तिमी जस्तै म पनि एक नागरिक हुँ,
मेरो पनि घर छ परिवार छ आमालाई बचाउनु पर्छ ।।

बाँच्न पाउने अधिकार मेरो पनि छ बुझिदिनुस बिन्ति,
सोच्नुस देशको लागि यो ज्यान बाजि लगाउनु पर्छ ।।

तिमिले प्रहार गर्यौ सहेँ सहिदिन्छु देशको खातिर,
तर तिमिले पनि मेरि आमाको जस्तै मन बनाउनु पर्छ ।।मदराज शाही “बिबश अकेला”
खाँडाचक्र नगरपालिका -३ ताडी कालिकोट
हाल काठमाण्डौ ।

तपाईको प्रतिक्रिया