कविता-मेरी आम

आमा! म निदाएकी छैन
कसरी निदाउ म तिम्रो त्यो दुख देखेर
तिम्रो गह भरीका मोतीका दाना झै टिलपिलीएका ती आशुका धारा
जस्ले सधै भरि मेरा लागि सपना देख्ने गर्थे

छोरी, तिमी रहरको बाटो हिड
सके चप्पल दिउला, नसके तिम्रो पैताला मुनि आफ्ना हत्केला बिछ्याइदिउला भन्ने मेरी आमा!
तिनै हत्केलाका चोटहरुमा मैले मलहम लगाउदा कति खुशी हुन्छिन होला…..

आमा तिम्रो त्यो दुधको धारा
अझै यी ओठमा आलै छन्
त्यसैले आजसम्म यी पाइला लडखडाउन पाएका छैनन्

तिमिले मेरा लागि भनी बुनेको त्यो सुइटरले मलाइ त न्यानो बनायो
त्यसैगरि तिमिले गासेका स-साना सपनाहरुमाथी मैले न्याय गर्न सके कस्तो हुन्थ्यो होला है?
सम्झदै रमाइलो लाग्छ

याहा म करोडौं मान्छेहरु मुस्कुराएको देख्छु
तर तिम्रो मुस्कान सबै भन्दा खास लाग्छ, प्यारो लाग्छ आमा!
लिजा भण्डारी

तपाईको प्रतिक्रिया