गतिशील सृष्टिको सर्जक नारी,बुझ्ने चेष्टा भएनकी। पितृ पुज्ने नाथे समाज, ज्ञान यथेष्ट भएनकी । रावण बरु केही अनुशासित थियोे होला, वर्तमान पुरुष नियंत्रित छैन! नारीलाई मान्छे नठान्ने पुरुष सर्वश्रेष्ठ भएनकी । एकै रथका पाङ्ग्रा होइन दुई आखा भन्दा फरक पर्दैन होल पुरुष उच्च र महिला विच ।
किन बिचार एकमुष्ट भएनकी । तिमी बाच अनि म बाचुला भन्यो भने जोइटिङ्ग्रे भैन्छ कि भन्ने डर! एक-अर्काको अस्तित्व नबुझ्ने वरिष्ठ भएनकी । एक प्वालको नाक हुदैन, दुबै भए सरल, सहज हुन्छ पक्कै ! नारी पुरुष दुबै समान भन्ने, समान भएनकी । हिंसा पीडा,अपहेलना,कठै नारी बिजोग भए! तर वास्ता छैन किन। नारी जलिन, खरानी भैइन, कष्ट भएनकी ?
उमा विश्वकर्मा तानसेन ५पाल्पा
दियो खबर । २७ पुष २०७७, सोमबार ०६:५८