पर्वत-पर्वतको फलेवास ८ ठानामौलामा नेकपाको टोल भेटघाट आज वाट शूरु भएको छ । भेटघाटकोे पहिलो दिनमै स्थानिय निर्वाचनमा नेपाली कांग्रेस वाट उमेदवार रेहेकी शनिसा वि.क लगायत १० जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् फलेवास ८ अर्चलेमा आयोजना गरिएको भेलामा वोल्दै नेकपा जिल्ला कमिटी सदस्य मन वहादुर कुवंरले नेकपा ठानामौलाले हरेक वस्तीमा रहेका समस्यहरुको समधानका लागि पहल गरिरहेको र आफुले ठानामौलाको विकासका लागि सक्दो प्रयास गर्ने वताउनु भयो भेलामा नेकपा जिल्ला कमिटी सदस्य कविता वि.क क्षेत्रीय कमिटी पुर्व सदस्य विष्णु रिजाल, नगरकमिटी सदस्य देवी प्रसाद तिमिल्सिना लगाएतले मन्तव्य राख्नुभएको थियो । ठानामौला गाउ कमिटीका सदस्य कुमार विकको अध्यक्षतामा सम्पन्न उक्त टोल भेलाले लाल वहादुर विकको अध्यक्षतामा टोल कमिटी समेत गठन गरको छ । एक टोल एक संगठन र भेटघाट कार्यक्रम अन्र्तगत आज ठानामौलाका ३ वटा टोलमा भेटघाट गरि टोल कमिटी गठन भएको र आज वाट शुरु भएको अभियान सवै टोलमा पुगेर संगठन विस्तार गरि अन्त्य हुने नेकपा ठानामौलाका अध्यक्ष केश वहादुर गुरुङले वताउनु भयो । भेटघाटमा देशमा देखिएको कोरोना संक्रमण न्यनिकरणका लागि सचेतना अभियान समेत गरिएको उहाले वताउनु भयो ।
काङ्ग्रेस उम्मेदवार सहित १० जना नेकपामा प्रबेश
तपाईको प्रतिक्रिया
दियो खबर । १६ भाद्र २०७७, मंगलवार १८:१४