अपडेट

मध्यराति भक्तपुरबाट दुर्गा पक्राउ

सुर्खेत/सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ। उनका एक निकटस्थका अनुसार सुतिरहेको अवस्थामा प्रहरी टोली घरमै पुगेपछि प्रक्रिया पूरा गरी उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइएकाे प्रहरीले जानकारी दिएको छ।

निवासबाट निकालिँदै गरेको भिडियो पनि सार्वजनिक भएको छ, जसमा प्रसाईँले आफू गाडीमा चढ्दै गरेको दृश्य खिच्न कसैलाई भनिरहेको सुनिन्छ। मंसिर ७ देखि घोषणा गरिएको आन्दोलनले हिंसा भड्किन सक्ने आशंका गरिएकोले उनी पक्राउ परेका हुन्।

तपाईको प्रतिक्रिया