अपडेट

रास्कोटका वडाध्यक्ष बेपत्ता,नदी किनारमा कोट फेला

कालिकोट – रास्कोट नगरपालिका–८ फुकोटका वडाध्यक्ष मनिराज बराल बुधबार दिउँसदेखि बेपत्ता भएका छन्। शुक्रबार कर्णाली नदी किनारमा उनको लगाएको कोट बाहुला काटिएको अवस्थामा फेला परेको छ।आफन्त विष्णु बरालले भेटिएको कोट वडाध्यक्षकै भएको पुष्टि गर्दै भने, “कोट त उनकै हो। वडा र घर बनाउने कामको अलि तनाव थियो। नदी किनारमा कोट भेटिँदा दुर्घटना भएको त हो कि भन्ने शंका छ।”बराल बुधबार काम सकेर रास्कोट–५ लामासिनस्थित ससुराली जाने भन्दै घरबाट निस्किएका थिए। वडाबाट नगरपालिकासम्म पुग्न करिब आधा घण्टा पैदल लाग्ने र नदी किनारसम्म करिब १ घण्टा ओरालो झर्नुपर्ने स्थानीयले बताएका छन्।रास्कोट नगरप्रमुख धर्मराज शाहीका अनुसार वडाध्यक्ष बराल काम सकेर ससुरालीतर्फ हिँडेका तर त्यसपछि सम्पर्कविहीन भएका हुन्। नगर प्रहरी र स्थानीयले विभिन्न बाटोमा खोजी गरे पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ।कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले भने, “नदी किनारमा उनले लगाएको कोट बाहुला काटिएको अवस्थामा भेटिएको जानकारी आएको छ। अहिले खोजी र अनुसन्धान दुवै भइरहेको छ।”नगरपालिकाका अनुसार वडाध्यक्ष बराल करिब चार महिनादेखि मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए। उनी हाल रास्कोट आरसीपी बजारमा पक्की घर निर्माणको काम पनि गरिरहेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी माओवादीबाट निर्वाचित भएका थिए।यो समाचार कान्तिपुर वाट साभर

तपाईको प्रतिक्रिया