कालिकोट/ रास्कोट नगरपालिका–८ का वडा अध्यक्ष मनिराज वराल (स्टार) बुधबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। घरबाट ससुराली जान्छु भनेर निस्किएका अध्यक्ष वरालसँग अहिलेसम्म सम्पर्क हुन नसकेको नगर प्रमुख धर्मराज शाहीले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
उप–प्रमुख मनिराज वरालले अध्यक्ष वराल केही समयदेखि मानसिक स्वास्थ्य समस्यासँग जुझ्दै आएको र नियमित औषधि सेवन गर्दै आएको बताए। वर्षातका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा आवश्यक औषधि लिन समय नपाएकै कारण सम्पर्कविहीन भएको हुन सक्ने उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष वराल २०७९ सालदेखि वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

दियो खबर । २० भाद्र २०८२, शुक्रबार २१:०८