फुकुओका । कर्णाली प्रदेश समाज जापान क्षेत्रीय समिति क्युस्सुको तेस्रो अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको दियो खबरका फुकुओका संवाददाताले जानकारी दिए ।
समाजको अध्यक्षमा राजकुमार परियार निर्वाचित भएका छन् । उपाध्यक्षमा नयन ज्योति के.सी., कमल वुढा, शुरेन्द्र शाही र मनोज विश्वकर्मा चयन भएका छन् भने महिला उपाध्यक्षमा कविता बोगटी निर्वाचित भएकी छन् ।
त्यसैगरी सचिवमा अम्मर बोहरा, सह–सचिवमा द्वय प्रेम महतरा र किरण वुढा, कोषाध्यक्षमा रूपेन्द्र के.सी. (तुफान) तथा सह–कोषाध्यक्षमा शुरेस शाही निर्वाचित भएका छन् ।
सदस्यहरूमा सनम सिंह, रामप्रसाद न्यौपाने, नरेश गिरि, भुपेन्द्र पुन, रविन रेउले, बलराम न्यौपाने, रक्कि जी मगर, सुनिल बिष्ट, भुवन शाही, विवेक शाही, नवराज पुनमगर र सिद्दा विश्वकर्मा चयन भएका छन् ।
नवगठित समितिले आप्रवासी नेपालीबीच आपसी एकता, सहकार्य र सामाजिक गतिविधिलाई अझ सशक्त बनाउन प्रतिबद्धता व्यक्त गरेको दियो खबरका फुकुओका संवाददाताले बताएका छन् ।

दियो खबर । १९ भाद्र २०८२, बिहीबार ०७:०६