काठमाडौं । नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) ले प्रदेश संरचना फेरबदलको संकेत गरेको छ । कतिपय प्रदेशले प्रदेश संरचनाकै कारण नाम र राजधानी तोक्न नसकेपछि सत्तारुढ दल नेकपाले संरचना फेरबदलको संकेत गरेको हो मंगलबार प्रदेश नं ३ का मुख्य नेताहरु पार्टीका शीर्ष नेताहरुलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । नेकपा सचिवालयले प्रदेश ३ को नाम वाग्मति र राजधानी हेटौडा राख्न सांसदहरुलाई निर्देशन दिएको थियो । सचिवालयको निर्देशनपछि उत्पन्न विवादलाई लिएर प्रदेश ३ का मुख्य नेताहरु पार्टी हाइकमाण्डमा पुगेका थिए । प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेशसभा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र सामाजिक विकासमन्त्री युवराज दुलाल, दलका प्रमुख सेचतक रामेश्वर फुयाल, नेकपा नेता तथा प्रदेश सांसद पशुपति चौलागाई र राजेन्द्र पाण्डे बालुवाटार पुगेका थिए । बालुवाटार पुगेका प्रदेश ३ का मुख्य नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलले प्रदेश संरचना हेरफेर हुने बताएका थिए ।
बाँके र बर्दिया कर्णाली प्रदेशमा जान्छन्, बारा, पर्सा र रौतहट वाग्मतिमा आउँछन्’, प्रदेश ३ का नेताहरुलाई अध्यक्ष दाहालले भने ‘रामेछाप, सिन्धुली र दोलखा मधेसमा जान्छन् ।’ नेकपा शीर्ष नेताहरुले धेरै सोच बिचार गरेर मात्र हेटौडा राजधानी राख्ने निर्णय गरिएको बताएका थिए । प्रदेश संरचना हेरफेर गरेपछि हेटौडा लगभग उपयुक्त राजधानी हुने जिकिर शीर्ष नेताहरुले गरेका थिए ।
रामेछाप, सिन्धुली र दोलखा मधेसमा राखिए र बारा, पर्सा र रौटहट बाग्मतिमा ल्याए प्रदेशको संरचना हिमाल र पहाडको मिश्रण हुनेछ । हिमाल, पहाड र तराईको मिश्रण गराउने नेकपा नेताहरुले यस्तो निर्णय लिने संकेत गरेका छन् । शीर्ष नेताको कुरा सुनेपछि प्रदेश ३ का मुख्य नेताहरु संसदीय दलको बैठक डाक्ने गरी र पार्टीको निर्देशन मान्ने गरी बालुवाटारबाट फर्केको स्रोतले बताएको छ । प्रदेश ५ को राजधानी पनि बुटवल नै हुने पक्कापक्की देखिएको छ । बुटवल राजधानी बनाउँदा बाँके र बर्दियालाई अन्याय नै हुनेछ । त्यही भएर बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्ने तयारी गरिएको स्रोतले बताएको छ ।
बाके र बर्दिया कर्णाली रामेछाप सिन्दुली र दोलखा मदेशमा झर्छन- प्रचण्ड
तपाईको प्रतिक्रिया
दियो खबर । १६ भाद्र २०७७, मंगलवार १८:००