अपडेट

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

कालिकोट । अविरल वर्षासँगै ठूलो ढुंगा र लेदो खस्दा अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने क्षेत्रमा अवरुद्ध सडक आज (२०८२ भदौ १७ गते) दिउँसो १२:२० बजेबाट सुचारु गरिएको जिल्ला प्रशासन कार्यालयकालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले वताए।

नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सडक डिभिजन कार्यालय जुम्ला तथा स्थानीयवासीको निरन्तर प्रयासपछि सडक सञ्चालनमा आएको हो। सडक खुलेसँगै साना तथा मध्यम सवारीसाधन चल्न थालेका छन् भने ठूलो सवारीसाधनका लागि भने सावधानी अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया