कालीकोट । जिल्ला प्रशासन कार्यालय कालीकोटले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजे देखि साँझ ६ बजेसम्म प्रवाह गर्ने भएको छ। आज देखि अर्को सुचना नभए सम्मका लागि यो सेवा प्रवाह गर्ने भएको सुचना उल्लेख गरिएको छ ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धाको चाप अत्यधिक बढेको थियो। उनीहरूको सहजताका लागि अर्को व्यवस्था नहुँदासम्म बिहानको सेवा सञ्चालन गरिने कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले सेवाग्राहीको भीड व्यवस्थापन गर्न सेवा अवधि बढाइएको जानकारी दिनुभयो। उहाँले सेवाग्राहीको चाप नघटेसम्म यो समयतालिका कायम रहने स्पष्ट पार्नुभयो।
सदरमुकाम मान्मदेखि १८ कोष टाढा पर्ने पलाँता क्षेत्रका नागरिकले सेवा पाउन कठिनाइ भोग्दै आएको गुनासो आएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो। पलाँता मात्र नभई जिल्लाका विभिन्न स्थानका वृद्धवृद्धा राष्ट्रिय परिचयपत्र बनाउन आउने भएकाले सेवामा सहजता ल्याउन आजबाट बिहान ८ बजेदेखि सेवा सञ्चालन गरिएको सूचनामा उल्लेख छ।


दियो खबर । १७ भाद्र २०८२, मंगलवार ०९:४०